डा.केसी अनशनः महाभियोगबाहेकका मागमा सरकार सकारात्मक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७३, बुधबार ०८:०४

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीले अघि सारेका महाअभियोगबाहेक अन्य माग पूरा गर्न सरकार सकारात्मक देखिएको छ ।

Dr Govinda KC begins 8th fast-unto-death

स्वास्थ्यमन्त्री रामजनम चौधरीले डा। केसीले चिकित्सा शिक्षा सुधारका लागि उठाएका मागप्रति आफूहरुको सहानुभूति रहेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको विषय सरकारको क्षेत्राधिकारमा नपर्ने भन्दै त्यसलाई स्वीकार्न नसकिने बताए ।

केसी अनशनमा बसेको तेस्रो दिन सरकार उनका मागलाई सम्बोधन गर्न सकारात्मक देखिएको हो । डा. केसीसँग भएका सहमति र माथेमा प्रतिवेदनले दिएको सुझावलाई आधार मानेर तयार गरिएको चिकित्सा शिक्षा विधेयक पारित र ऐन कार्यान्वयन सहज बनाउने जिम्मा शिक्षामन्त्री नेतृत्वको टोलीले लिएको मन्त्री चौधरीले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१