४३ रुपैयाँ नतिर्दा १० दिनदेखि हिरासतमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ असार २०७३, बुधबार ०८:०१

काठमाडौं २९ असार । ४३ रुपैयाँ राजस्व नतिर्दा दुई व्यापारी १० दिनदेखि प्रहरी हिरासतमा छन् । छुटपुर्जी नबनाएर बोधिचित्तका दाना लान खोज्दा हिरासतमा पुगेका हुन् ।

हिरासत

जिल्ला वनले महांकालचौर(६ का चक्रबहादुर तामाङ र सिपाली चिलाउन ९ कि टिना तामाङलाई ४० किलो ६० ग्राम बोधिचित्तका दानासहित असार १८ मा काभ्रेभञ्ज्याङबाट पक्राउ गरेको थियो ।

बोधिचित्तको प्रतिकिलो १ रुपैयाँ ४ पैसा राजस्व बापतको ४२ रुपैयाँ २२ पैसा नतिरी उनीहरु बिक्री गर्न लाँदै थिए । चापाखोरीमा एक किसानबाट २ लाख ६० हजारमा खरिद गरेका थिए । ‘प्रक्रिया पूरा नगरेको र राजस्वसमेत नतिरेका कारण पक्राउ गरेका हौं’ सहायक वन अधिकृत उदिम राईले भने, ‘थोरै परिणाम भएपनि राजस्व नतिरेकाले कारबाही अघि बढाएका हौं ।’

वनको आफ्नै हिरासत नहुँदा प्रहरीमा पुगेका छन् । राईले सरकारी वकिलको राय लिनु पर्ने लगायत प्रक्रियाका कारण लामो समय हिरासतमा राख्नु परेको र राय आएपछि जिल्ला वन अधिकृतले फैसला गर्ने बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१