नेपाली जनसम्पर्क समिति नर्वेको आयोजनामा भलिबल कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार १९:४३

janasamparka देबेन्द्र केसी,नर्वे। नेपाली जनसम्पर्क समिति नर्बेको आयोजनामा ९/७/२०१६ तारिकका दिन ओस्लोको सङसभान नर्बेमा भलिवल तथा ग्रिल पार्टी कार्यक्रम भब्यताका साथ सम्पन्न भयो।कार्यक्रमको उद्घाटन प्रमुख अतिथि श्री लालगोपाल आर्यालले भलिवल सर्भिस गरेर सुचारू थियो। प्रतियोगीतामा गैर आवासीय नेपाली संघ नर्बे, प्रवासी नेपाली फोरम नर्बे,नेपाली जनसम्पर्क समिति नर्बेका दुई टिम, बिवेकशील नेपाली नर्बे, नेपाली पोर्चुगिज समाज नर्बे र हेल्पिङ ह्यन्ड फर नेपाल नर्बे गरी ७ टिमको सहभागिता रहेको थियो। प्रतियोगीतामा प्रवासी नेपाली फोरमले पहिलो स्थान हासिल गर्न सफल भएको थियो भने बिवेकशील नेपालीले दोस्रो स्थान हासिल गर्यो। कार्यक्रमको अर्को आकर्षण ग्रिल पार्टी रहेको थियो।पुरस्कार बितरण समारोहको अध्यक्षता गर्दै नेपाली जनसम्पर्क समितिका सभापति श्री जीवन बहादुर शाहीले बिजयी टिमलाई बधाई तथा सुभकामना ब्यक्त गर्नु भयो। प्रमुख अतिथि अर्यालले मन्तब्यका क्रममा अनुशासनलाई बिशेष प्राथमिकतामा राख्दै खेलाडीहरुको खेल प्रदर्शन बाट आफु निकै नै प्रभाबित र खुशी भएको बताउनु भयो। कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका बरिष्ट महामन्त्री सुदीप राज पाण्डेले गर्नु भएको थियो।makau

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१