काठमाडौंको फेसन शोमा ‘युरोकप फिभर’ (फाेटाेफिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार १६:२८

आइतबार मध्यरात फ्रान्सको राजधानी पेरिसमा सम्पन्न युराेकप फुटबल–२०१६ को अवसर पारेर आइतबार राति काठमाडौंमा फेसन शोसहितको ‘ग्ल्यामरस’ कार्यक्रम आयोजना गरियो। बेटर ग्यालेक्सीको आयोजनामा ‘हार्ट डिजायर रनवे ३ एण्ड युरो फिभर’ शीर्षकको कार्यक्रम फेसन शो, लाइभ कन्सर्ट, डिजे सेसन हु“दै युरो फुटबल प्रतियोगिताको फाइनल खेलसम्म पुगेर टुंगिएको थियो।
राति ९ बजेदेखि प्रारम्भ भएको कार्यक्रमको पूर्वाद्र्धमा एक दर्जन मोडलहरुले विभिन्न चार ‘सिक्वेन्स’मार्फत् विभिन्न पहिरनहरु प्रदर्शन गरे। फेसन शोमा कायरा बुटिक, लफ स्टुडियो, नेपाल फेसन हाउस तथा सजिना कलेक्सनका विभिन्न पहिरनहरु प्रदर्शन गरिएका थिए। मोडलहरुले लेहेंगा, गाउन, सारी, कुर्ता, वन पिस सहितका पहिरनहरु प्रदर्शन गरे। फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरुले पोर्चुगल तथा फ्रान्सका आधिकारिक जर्सीको प्रदर्शन गरेका थिए। हातमा फुटबल लिएर ¥याम्पमा क्याटवाक गरेका मोडलहरुले खेलाडीकै हाउभाउ प्रस्तुत गरेका थिए। थापाथलीको ब्लुबर्ड मलस्थित मुड्स लाउञ्जमा धिरज तण्डुकार तथा मनीष शाक्यद्वारा कोरियोग्राफी गरिएको फेसन शोको अन्तिम सिक्वेन्समा मोडलहरु फुटबलको जर्सीमा प्रस्तुत हु“दा उपस्थित दर्शकहरु रोमाञ्चित देखिन्थे।
फेसन शोको क्रममा आयोजित सांगीतिक कार्यक्रममा गायक सुमन श्रेष्ठ तथा धर्म लामाले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए। फेसन शो तथा सांगीतिक प्रस्तुतिपछि करिव ११ बजेदेखि प्रारम्भ भएको डिजे कबीरले डिजे सेसन सञ्चालन गरेका थिए, जुन युरोकप फुटबलको फाइनल खेल प्रारम्भ हुने बेलासम्म जारी रह्यो। सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१