नुहाउदा गरिने यस्ता १० गल्तिले स्वास्थ्यलाई असर गर्छन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ असार २०७३, मंगलवार ११:४२

नुहाउने क्रममा हामी प्राय गल्ति गरिरहेका हुन्छौं जसले हाम्रो स्किन तथा कपाल को स्वास्थ्यलाई नकारात्मक असर गरेको हुन्छ | तल पढ्नुहोस् नुहाउने क्रममा कस्ता गल्ति गर्नु हुँदैन:

nuhaunu

१. अनुहारको छाला निकै सेन्सेटिभ हुने गर्छ | फोर्सले आएको पानी, अति तातो वा अति चिसो पानीले अनुहार वा आँखालाई हानी पुर्याउँछ |

२. अति तातो वा चिसो पानीले अनुहारको छाला र आँखालाई मात्र नभई कपालको टिस्युजलाई हानी पुर्याउँछ | जसले कपाल झर्ने समस्या आउन सक्छ | साथै कपालको जरामा समेत असर पुगी बाक्लो कपाल पातलिने हुन्छ | अनुहारको छालामा पनि यसको असर यति पर्छ कि जसको कारण छालाको शक्ति शुन्य हुन सक्छ यसै कारण छाला सुक्खा हुन्छ |

३. धेरै समय पानीसँग खेल्नु हुन्न | यसले छालाको म्वाइस्चर कम गर्छ जसको कारण छाला ड्राई बन्छ | यसै कारण चिल्लो छाला पनि सुक्खा बन्छ | जाडोको समयमा झैँ छाला फुट्ने समस्या हुन सक्छ |

४. नुहाएपछी पुछ्ने तौलिया वा बडी स्क्रभर हामीले बाथरुममै राख्ने गर्नु हुन्न | कतिपय ट्वाइलेटसमेत भएको एटेच बाथरुममा झन् यस्तो तौलिया राख्नै हुन्न | यस्तो अवस्थामा नुहाएपछी सरिर पुछ्ने तौलियामा बिभिन्न ब्याक्टेरिया हुन सक्छन् | जसले हाम्रो छालामा बिभिन्न समस्या आउन सक्छन |

५. सरिरलाई गोरो बनाउनकै लागि हामीले सरिरलाई निकै घर्षण गर्छौं वा बडी स्क्रबले धेरैबेर छालामा घर्षण गर्छौं जसको कारण छालाको माथिल्लो भाग खुइलिन गई इन्फेक्सन हुन सक्छ |

६. दैनिक स्याम्पु प्रयोग गर्नु राम्रो हुँदैन | प्राय तपाइले प्रयोग गर्ने बजारको स्याम्पु केमिकलमा आधारित हुन्छन् | दैनिक यस्ता स्याम्पुको प्रयोग गरेर कपाल सफा गर्दा कपालको जरामा असर गर्न सक्छ | यसकै कारण कपाल सुक्खा हुने वा छिटो फुल्ने समस्या हुन्छ |

७. कपालमा स्याम्पु गरेपछि कन्डिसनर प्रयोग गर्नु पर्छ | नत्र कपाल ड्राई बन्छ |

८. एक्सरसाइज (कसरत) गरेपछि सरिर निकै तातो बन्छ | कसरत लगत्तै नुहाउनु पनि राम्रो हुन्न | कसरत लगत्तै नुहाउने गर्दा सर्दी, रुघाखोकी वा आलस्यता पैदा हुन्छ | कसरतपछी कम्तिमा पनि १ घण्टा पछी नुहाउनु राम्रो मानिन्छ |

९. टावेल (तौलिया) ले सरिरमा अति घर्षण गरेर रगेड्नु राम्रो हैन | यसको कारण छाला वा कपालमा नकारात्मक असर पर्न सक्छ | छाला सुखा हुन्छ भने कपाल झर्ने समस्या हुन्छ |

१०. नुहाएपछी सरिरमा म्वास्चर कम हुने हुँदा म्वास्चराईजर वा तेल लगाउनुपर्छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१