जलमग्न भरतपुर अस्पताल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७१, शुक्रबार १३:३३

 चितवन, २० असार । पानीको निकास जाने ठाउ नहुदा भरतपुर अस्पताल डुवानमा परेको छ ।अस्पतालको ओपीडी, इमरजेन्सी, वार्ड औषधिपसल लगायतको स्थान आगाडि पानी जमेपछि आवत जावत गर्न समेत समस्या परेको छ । शुक्रबार रातिदेखि परेको पानीका कारण अस्पतालको गेटदेखि इमरजेन्सी भित्रसम्म पानी पसेपछि उपचारमा समेत प्रभाव परेको छ ।

चितवन, नवलपरासी, मकवानपुर, धादिङ, गोरखासहित विभिन्न जिल्लाबाट उपचारको लागि आउने भरतपुर अस्पतालमा हरेक पटक पानी पर्दा जम्ने समस्या हुदै आएको छ । परेको पानी र अस्पतात वरपरबाट वगेर आउने पानीको निकास नभएपछि मुल गेटदेखिनै पोखरी जमेको छ । अस्पताल आएका विरामी सवारी साधन वा अन्य साधनमा चढेर मात्र हिड्न सकिने अवस्था छ ।
अस्पताल अगाडिनै पानी जमेर आवज जावत गर्नलाइ समेत समस्या हुदा अस्पताल प्रशासनले पानीको निकास गर्न सकेको छैन । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हरिवहादुर केसीले पानीको निकासका लागि नगरपालिकासंग कुरा भइरको बताउनु भयो । नगरपालिकाको सहायतामा ढल वनाएर चाढै पानीको निकास गरिने जानकारी दिनु भयो । तर अस्पतालमा उपचारको लागि आएका विरामी जमेको पानीबाट हिड्नु पर्ने वाध्यता भएको छ ।
जमेको पानीमा रोग सार्ने किटाणुको सख्या धेरै हुने, पानी जम्न दिन नहुने भनी जिल्ला जनस्वास्थ्य कार्यालय र अस्पतालले जनचेतना फैलाएपनि अस्पताल भित्रै भने जमेको पानी निकास गर्न तर्फ ध्यान दिएको पाइदैन । हप्तौदेखि पानी जम्दा समेत निकास नभएको अस्पताल आएकाहरुले बताएका छन् । अस्पतालमा पानी पोखरी भएपनि सवैभन्दा वढी इमरजेन्सीमा उपचारको लागि आएका विरामीलाइ समस्या भएको छ ।

 

प्रतिक्रिया