डा। गोविन्द केसीलाई कुनै हालतमा अनसन बस्न नदिने सरकारको प्रपन्च पनि असफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२७ असार २०७३, सोमबार ०८:४१

गोबिन्दकाठमाडौँ ,२७ असार। वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई कुनै हालतमा अनसन बस्न नदिने सरकारको प्रपन्च पनि त्यसैगरी असफल भयो, जसरी सूर्य छेक्ने हत्केलाको प्रयास असफल हुन्छ।

देशमा व्याप्त भ्रष्टाचार र अनियमिताविरुद्ध आन्दोलित सर्वसाधारणको व्यापक समर्थनबीच डा. गोविन्द केसी पूर्वनिर्धारित आइतबार दिउँसो ३ बजे टिचिङ अस्पतालमै अनसन बसे। दुई साताअघि डा. केसीले आठौं अनसन घोषणा गरेदेखि नै घोषित रूपमै विरोधमा ओर्लिएको टिचिङ अस्पताल प्रशासन र केही वरिष्ठ चिकित्सकले केसीलाई अस्पताल परिसरभित्र अनसन बस्न नदिन कुनै कसर छाडेनन्। टिचिङकै रेजिडेन्ट डाक्टर तथा विद्यार्थी भने डा। केसीको समर्थनमा खुलेरै ओर्लिए।

आइतबार अनसन सुरु हुनुअघिदेखि नै अस्पताल हाताभित्र एकातिर सुरक्षाकर्मीको फौज तैनाथ थियो भने अर्कातिर डा. केसीको समर्थनमा प्लेकार्ड बोकेका विद्यार्थी थिए। केसीको अनसनविरुद्ध जुर्मुराएका मनमोहन मेडिकल कलेजका डाक्टर पनि प्लेकार्ड बोकेर टिचिङमै आइपुगेका थिए। तर, केसीको पक्षमा उर्लिएका विद्यार्थी, समर्थक तथा शुभेच्छुकहरूका सामु विरोधीहरू फिका देखिए। उनीहरु धेरै बेर टिक्नधरि सकेनन्।

टिचिङ अस्पताल छाडेर कहिल्यै निजी क्लिनिक नधाएका र आफ्नो जीवनै टिचिङका बिरामी र विद्यार्थीमा समर्पण गरेका डा। केसीमाथि अस्पताल प्रशासन भने अन्यायपूर्ण ढंगले प्रस्तुत भयो। उनलाई अनसन बस्न नदिन सबै सम्भावित कोठाहरूमा नाटकीय ढंगले ताल्चा मारिएको थियो। उनी विगतमा अनसन बस्दै आएको कोठा र गत वर्ष अनसन बसेको कोठामा समेत ताल्चा मारेर कसैलाई छिर्न दिइएको थिएन।

चारैतिरबाट निशानामा परे पनि निष्ठाको अगाडि कसैको केही जोड चल्दैन भन्ने डा। केसीले प्रमाणित गरिछाडे।

उनी टिचिङ परिसरभित्रै हाडजोर्नी विभाग सार्न भनी नयाँ बन्दै गरेको भवनतिर लम्के। त्यहाँका पनि सबै कोठा पहिल्यै ताल्चा मारिएका थिए। एउटा मात्र कोठा बचेको थियो, जुन केसीकै लागि चेम्बर बनाउन छुट्टयाइएको थियो। त्यसको साँचो केसीसँगै थियो।

आखिरमा छ बाई दस फुटको त्यही साँघुरो कोठामा अस्पतालको डसना भुइँमा बिछ्याएर डा। केसी पलेँटी कसे।

‘लोकमान र सरकारले यसपालि अनसन बस्न नदिन ठूलै कसरत गरे, सबै कोठा बन्द गर्न लगाए,’ केसीले पत्रकारहरूसँग भने, ‘तर मलाई कसैले रोक्न सक्दैन, यसपालिको अनसनबाट माग पूरा गराएरै छाड्छु, माग पूरा नहुञ्जेल आन्दोलन रोकिँदैन।’

‘मैले कहिले पनि आफ्नो अनसनबाट अस्पतालको सेवा प्रभावित होस् भन्ने मनसाय राखिनँ, स्वास्थ्य सेवाको सुधारबाहेक मेरो अर्को कुनै मनसाय छँदा पनि छैन, तर यसपालि सबै मिलेर मलाई अप्ठ्यारो पार्न खोजे,’ उनले भने।

देशको स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई भ्रष्टाचारको आडमा ध्वस्त पार्न खोजेका शक्तिकेन्द्रविरुद्ध सत्याग्रहमा ओर्लिएका डा। केसी बिजुलीबत्तीको न्यूनतम सुविधासमेत नभएको कोठामा अनसनरत छन्। कोठामा एउटा पंखा छ, त्यो पनि चल्दैन। विद्यार्थीहरूले तुरुन्तै टेबल पंखाको व्यवस्था गरेका छन्। बिजुली पनि तार तानेर ल्याएका छन्। कोठामा एउटा मात्र झ्याल छ। त्यो पनि बन्द गर्ने हो भने पूरै गुम्सिन्छ। केही फोटोपत्रकारले ‘एन्टि(लाइट’ पर्यो भनेर झ्यालको पर्दा बन्द गर्दा दिउँसै कोठा अन्धकार भएको थियो। कोठाको आकार यति सानो छ, त्योभन्दा ठूलो त घरको बाथरुम हुन्छ।

विगतमा केसीको समर्थनमा ओर्लिने डाक्टरले समेत यसपालि असहयोग गर्नुको कारण अख्तियारको डर हो भन्ने कसैबाट लुकेको छैन। यसपालि डा। केसीले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसमेत राखेपछि नाम चलेका वरिष्ठ डाक्टर पनि केसीको पक्षमा बोल्न सकेका छैनन्।

प्रमुख आयुक्त कार्कीले सिधै हस्तक्षेप गरी आफ्ना सहोदर भाइको मेडिकल कलेजका लागि विद्यार्थी भर्नाको सिटसंख्या निर्धारण गरेका थिए। यसअघि काठमाडौं विश्वविद्यालयमा प्रहरी लगाएर अख्तियारकै रोहवरमा परीक्षा गराएका थिए। मेडिकल कलेजहरूको भर्नादेखि सिट निर्धारण र परीक्षामा समेत अख्तियारको प्रत्यक्ष चलखेल हुन थालेपछि नै डा। केसीले उनीविरुद्ध महाअभियोगको माग राखेका हुन्। अख्तियार प्रमुख कार्कीले चारैतिर हस्तक्षेप बढाएको, काठमाडौं विश्वविद्यालयको परीक्षा गराएको, आफ्नो व्यक्तिगत स्वार्थका लागि काम गर्ने गरेको, मेडिकल कलेजलाई सम्बन्धन दिन लागिपरेको डा। केसीको आरोप छ।

‘यसअघि सातचोटि अनसन बस्दा समस्या थिएन, आठौंचोटि जब अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भनेँ, तब मलाई बाधा पारियो,’ केसीले भने, ‘तर म माग पूरा गराएरै छाड्छु।’

आफू पहिले नै कठोरसाथ उभिनुपर्नेमा सधैं संयम हुने गरेको केसीले बताए। ‘म पढाउने, बिरामी हेर्ने मान्छे हुँ, मैले राखेका माग त राजनीतिक दलहरूले आफैं गर्नुपर्ने काम हुन्। लोकमानले गर्ने काम हो, तर हामीले गर्नु परिरहेको छ,’ केसीले भने, ‘तै पनि डरधम्की दिने गरेका छन्, म सुधारका लागि लडिरहेको छु, किन बिथोल्न खोजेकोरु’

‘यहाँ सबै मिलेर तीन करोड नेपालीको स्वास्थ्यमा खेलवाड गर्ने काम गरिरहेका छन्। म आफ्नो शरीरमा सास रहेसम्म लडिरहन्छु। मेरो यो लडाइँ तीन करोड नेपाली जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाओस् भनेर हो,’ उनले भने।

यसबीच डा। केसी अनसन बस्ने निर्धारित समयभन्दा लगभग एक घन्टाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको निम्ति बोलाएका थिए। केसीले भने प्रधानमन्त्री कार्यालयलाई ‘आफू आउन नभ्याउने’ जवाफ पठाए। उनको ठाउँमा पाँच जनाको टोली बालुवाटार पुग्यो।

बालुवाटार पुगेको टोलीलाई प्रधानमन्त्रीले अनसन बस्न जरुरी नभएको बताए। ‘उहाँले उठाएका माग क्रमशः पूरा भइरहेका छन्,’ ओलीलाई उद्धृत गर्दै टोलीका सदस्य डा। जीवन क्षत्रीले सेतोपाटीसँग भने, ‘अनसन बसिरहन जरुरी छैन।’

क्षत्रीका अनुसार केसीले उठाएका चार मागमध्ये अख्तियारका प्रमुख आयुक्त कार्कीलाई महाअभियोग लगाउने मागमा भने कुनै छलफल भएन। ‘बाँकी माग पूरा भइरहेकै छन्, चिकित्सा शिक्षा ऐन आउँदैछ, त्यसले सम्बोधन गर्छ,’ प्रधानमन्त्रीले भनेका थिए।

मनमोहन मेमोरियल शिक्षण अस्पताललाई सम्बन्धन दिन संसदमा विचाराधीन विधेयक फिर्ता हुनुपर्ने र चिकित्सा क्षेत्र सुधारका लागि भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग केसीको थियो।

आन्दोलनको सुरूआतमै केसीको निष्ठालाई समर्थन गर्दै कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा ऐक्यबद्धता जनाउन पुगेका थिए। शर्माले पहिला केसीलाई शुभकामना दिए अनि यो आन्दोलनलाई पार लगाउन जरुरी रहेको बताए।

‘यो आन्दोलनमा मेरो ऐक्यबद्धता छ, यो पार लगाउने आन्दोलन हुनुपर्छ,’ शर्माले भने। उनको पछिपछि नेपाल विद्यार्थी संघको अर्को समूह थियो। नेविसंघको आगामी महाधिवेशनमा अध्यक्ष उठ्ने तयारी गरिरहेका कुन्दन काफ्लेले डा।केसीको आन्दोलनमा आफ्नो टिमको समर्थन रहेको बताए।

डा। केसीले आफूले उठाएका मागमा सरकारले चरम बेवास्ता गरेको पत्रकार सम्मेलनमा बताए। संसदजस्तो जनप्रतिनिधिको संस्थाले कसैको स्वार्थ नहेरी आम मानिसको दीर्घकालीन हितका लागि चिकित्सा शिक्षा ऐन ल्याउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो।

‘देशमा सुशासन कायम गर्ने जिम्मा लिएको एउटा संवैधानिक निकाय विधि कुल्चेर आफ्ना पदाधिकारीहरूको व्यापारिक स्वार्थ पूरा गर्नमा लिप्त छ,’ डा। केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘यसले स्वास्थ्य र चिकित्सा शिक्षा ऐनमा बदमासी गर्नेहरू पुरस्कृत हुने, सही काम गर्नेहरू हतोत्साहित हुने गरेको छ।’ setopati बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१