नुवाकोटको अबैध बालुवा तस्करी अझै रोकिएन,प्रशासन मौन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार २०:४०

IMG_0162नुवाकोट । आइतबार  बेलुका करिब ९ बजदेखि बिहान २ बजेसम्म हामीले त्रिशुली नदीको किनारामा  हेर्दा करिब दर्जनौ अबैध तरिकाले संचालन गरिएको स्काइभेटर प्रयोग गरि बालुवा निकालिएको भेटिएपछी भोलिपल्ट हामीले नुवाकोटका सिडिओ ,एसपी र एलड़ियोसंग सम्पर्क गर्दा उत्त अबैध तस्करी बन्द गर्ने आस्वासन दिएको भएपनि अझै अबैध तस्करी निरन्तर चलिरहेको छ काशिटारमा दिपक चित्रकार ,महादेबफाटमा रामप्रसाद नेपाल,कोल्फुटारमा मदन कार्की सहित दर्जनौ मानिसहरु  अबैध बालुवाको तस्करीमा सक्रिय हुँदासम्म प्रशासन निरिह बनिरहेको छ ।अहिलेसम्म न त कसैलाई पक्राउ गरेको छ न त तस्करीनै  रोक्न सकेको छ  ।रास्ट्रको सम्पत्तिमा चोरी-तस्करी गरि रातारात करोडपति तस्कर बनिरहँदा स्थानीय प्रसाशन भने अचेत   जस्तै छ। अबैधानिक बालुवाखानी संचालन नुवाकोटको यो भने पहिलो घटना होइन यस्ता कार्य पहिले देखि नै हुँदै आएको एक स्थानीयले हामीलाई बताए। नदीको बालुवा अबैध निकासी हुँदा एक त नदीको बाटो परिबर्तन भइ ठुलो जनधनको क्षति हुनसक्छ,यस्तो अबस्थामा बाढीले आफ्नो मार्ग सजिलै परिबर्तन गर्न सक्छ भने जमिन भासिन सक्ने खतरा समेत रहन्छ। साथै नदीको सौदर्य बिग्ग्रिन सक्छ। अबैध बालुवाको तस्करीले वरिपरिको बस्तीलाइ समेत ठुलो जोखिममा पार्ने खतरा देखिएको छ।
प्रशासनको चेकपोस्ट अगाडी तस्करी हुँदासमेत किन प्रशाशन मौन बसिसहेको छ भनि हामीले एक स्थानीयलाई सोद्दा नाम नखुलाउने शर्तमा उनले प्रशाशनको समेत यस्तो तस्करीमा मिलेमतो रहेको बताए। उनले यस बिषयमा राजनीतिक दलका प्रमुखहरुको  समेत  संलग्नता हुनसक्ने आसंका ब्यक्त गरे।  प्रशाशनले बिकासनिर्माण कार्यको लागि बालुवा र गिट्टी प्रयोगमा रोक लगाउने तस्करीमा भने रोक नलगाउने सरकारी प्रवृतिले कतै ठुलै मोटो रकमको चलखेल हुनसक्ने सहजै अनुमान गर्न सकिन्छ।प्रशासन अझै मौन रहने हो भने स्थानीयबासीहरु कडा रुपमा उत्रिन बाद्य हुनुपर्नेछ रातको समयमा बालुवा झिक्दा नदि को बेग तिब्र भै बाटो परिबर्तन गर्दा वरिपरी नसोचेको ठुलो क्षति हुनसक्छ।  स्मरण होस् अबैध बालुवाखानिको ढिस्को भत्कंदा केहि समय अगाडी तिन जना मजदुरको मृत्यु भइसकेको छ । फेरी यस्तो घटना नदोरियोस यसतर्फ सबैको ध्यान जानु आबश्यक छ। trishulikhabar बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१