प्रा. डा. गोविन्द केसी चार सुत्रीय माग राखेर फेरि अस्पताल हातामै आमरण अनसनमा बसे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार १९:४५

प्रा. डा.काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक प्रा. डा. गोविन्द केसी चार सुत्रीय माग राखेर फेरि अस्पताल हातामै आमरण अनसनमा बसेका छन्।
चिकित्सक केसी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको वार्ता आव्हानलाई बेवास्ता गरी आइतबार अपरान्ह आठौं पटक आमरण अनसनमा बसेका हुन्। यद्यपि, डा। केसीको आठौं अनसन विवाद्मा परेको छ। अदालतको आदेश विपरित अस्पताल हातामा अनसन बसेर डा। केसीले आफूलाई कानुनभन्दा माथिको देखाएको भन्दै मनमोहन मेमोरियल मेडिकल कलेज सम्बद्ध विद्यार्थी र कर्मचारीले विरोध गरेपछि केसीको अनसन विवाद्मा परेको हो । अस्पताल परिसरमा केसीको पक्ष र विपक्षमा नारा लागेको छ ।
अनसनलाई लिएर मनमोहन मेमोरियल मेडिकल कलेजको समुहले डा। केसीको विपक्षमा तथा शिक्षण अस्पतालका विद्यार्थीको समूहले पक्षमा नाराबाजी लगाएपछि अस्पताल परिसर तनावग्रस्त बन्न पुग्यो। दुई पक्षका प्रदर्शनकारी एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिए।
धन्न दुई पक्षबीच हात हालाहाल भने भएन। आफ्नो अनसनलाई लिएर अस्पताल परिसर तनावग्रस्त बनेपनि चिकित्सक डा। केसीले चार सुत्रीय माग पूरा नभएसम्म अनसन नछोड्ने बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधनका लागि नभइ आफूलाई गलाउने नियतले वार्तामा बोलाएकाले आफू अनुपस्थित भएको पनि बताए।
डा। केसीले काठमाडौं उपत्यकाभित्र अबको १० वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङ क्याम्पस संचालन गर्न नदिने गरी चिकित्सा शिक्षा ऐनको मस्यौदा सुधार गरिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइनुपर्ने, मनमोहन मेमोरियल स्मृति प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता गरिनुपर्ने र विगतमा भएका सम्झौता कार्यान्वयनको माग गरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१