घरै बिर्सिएपछि यस्तो हुन्छ हेर्नुहोस भिडियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार १२:३४

बिनोद ढुंगाना

पोखरा । विगत लामो समयदेखी पोखरामा रहेर दोहोरी साँझमा आफ्नो गायन कला प्रस्तुत गर्दै आईरहेकी गायिका माया के.सी.को पहिलो लोकदोहोरी गीत बरै बिर्सायो बजारमा आएको छोटो समयमा नै चर्चाको शिखरमा पुगेको छ । निकै नै मिठो स्वरकी धनी मायालाई गायनमा आफ्नै श्रीमान कृष्ण के.सीले साथ दिएका छन् । प्रल्हाद सुवेदीको शब्द अनि बसन्त थापाको लयमा रहेकाले पनि गीत उत्कृष्ट बनेको छ ।

टि टाइम म्युजिक प्रा.लि.को प्रस्तुतिमा गीत बजारमा आएको हो । प्रेम थापाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा गायक कृष्णसँगै म्युजिक भिडियोको क्षेत्रमा एकक्षत्र राज गरिरहेकी नायिका रञ्जिता गुरुङ, प्रेम सोनि र पुष्पा मल्ल देखिएका छन् । गीतमा मायापम्रेमा परेपछि घरै बिर्सिन पुगेको क्षणलाई चित्रण गरिएको छ ।

भिडियो–https://www.youtube.com/watch?v=6V3DhgjfU9M

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१