निद्रामा हिड्ने कलाकारको उपाधि पाएका ती व्यक्ति बेलायतको एक कला समारोहमा आकर्षणको केन्द्र बन्ने तयारीमा छन् । समाचार अनुसार लण्डनमा आयोजना हुने उक्त अनौठो कला प्रदर्शनीमा निद्रामा चित्र कोर्ने कलाकार ली हाडविनले निद्रामै बनाएका विभिन्न खाले चित्र तथा पेन्टिङका साथै निद्राको समयमा उनका गतिविधि समेटिएका भिडियो समेत सार्वजनिक गरिनेछ ।
स्मरण रहोस् हाडविनले ४ वर्षको उमेरदेखि नै निद्रामा चित्र कोर्ने लगायतका काम गर्न थालेका हुन् । अनौठो कुरा त के भने उनले ब्युँझिएको बेला त्यस्ता चित्र कोर्न सक्दैनन् र केवल निद्राको बेला मात्रै गर्न सक्छन् ।
प्रतिक्रिया