गोलरक्षक पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार ०६:४४

गोलरक्षक पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएकाठमाडौँ । आर्सनल तथा चेक रिपब्लिकका गोलरक्षक पिटर चेकले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका छन् । चालू युरोकपमा चेक रिपब्लिक पहिलो चरणबाटै बाहिरिएको थियो । चेककै लिजेन्ड गोलरक्षकका रूपमा हेरिने पिटरले युवा खेलाडीलाई स्थान दिन सन्न्यास लिएको बताएका छन् । चेककै लिजेन्ड अन्तर्राष्ट्रिय र क्लबस्तरीय फुटबलमा पिटरले विशेष स्थान बनाएका छन् । वर्तमान समयमा पिटर चेककै लिजेन्ड हुन् । उनले चेकबाट सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले १ सय २१ क्याप जितेका छन् । उनले चार युरोकप तथा एकपटक विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाएका छन् । ३४ वर्षीय पिटरको नेतृत्वमै चेकले १५औँ युरोकपको यात्रा गरेको थियो । समूह डीमा रहेको चेकले कुनै खेलमा जित हात पार्न सकेन । युरोकपमा चेकले एक मात्र अंक बटुलेको थियो । ‘राष्ट्रका लागि मैले धेरै योगदान दिएा, अब भविष्यमा निरन्तरता हुादैन,’ सन्न्यास घोषणा गर्दै पिटरले भने, ‘युवा खेलाडीका लागि बाटो तयार पार्न मैले राष्ट्रिय टोलीबाट सन्न्यास लिएको छु । १४ वर्षअघि डेब्यु पिटरले सन् २००२ मा चेकबाट डेब्यु गरेका थिए । डेब्यु गरेको दोस्रो वर्षमै पिटरले युरोकप खेल्ने अवसर पाए । डेब्यु युरोकपमै पिटरले उत्कृष्ट गोलरक्षक भूमिका निर्वाह गर्दै चेकलाई तेस्रो स्थान दिलाएका थिए । सन् २००६ को विश्वकपमा चेक पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २००८ मा उनले राष्ट्रिय टोलीको नेतृत्व गर्ने अवसर पाए । सन् २००६ को विश्वकपमा उनले एकपटक मात्र खेल्ने अवसर पाएका थिए । सबै सपना पूरा गोलरक्षक पिटरले राष्ट्रिय टोलीबाट सबैजसो सपना पूरा गरेको जनाएका छन् । ‘मैले राष्ट्रिय टोलीबाट खेल्न मौका र नेतृत्व गर्न अवसर पाए, एक खेलाडीका रूपमा त्यो नै ठूलो पक्ष हो,’ उनले भने, ‘जीवनमा धेरै उतारचढावको सामना गरो, त्यसमा मलाई समर्थक र साथीहरूले ठूलो सहयोग गरेका थिए ।’ गत सिजन चेल्सीबाट आर्सनल छिरेका पिटरले चालू युरोकपमा आशातीत नतिजा दिलाउन नसक्दा दुस्ख लागेको बताएका छन् । ‘हामीले कम्तीमा सेमिफाइनलमा पुग्ने आशा गरेका थियौँ तर सोचेजस्तो नतिजा आएन,’ उनले भने । नयाँ पत्रिकाले छापेको छ । अब च्याम्पियन्स लिग पिटरले क्लबस्तरीय करिअर अगाडि बढाउने जनाएका छन् । गत सिजनमा आर्सनल प्रिमियर लिगको उपविजेता बनेको थियो । यसपटकको च्याम्पियन्स लिग खेल्दा आर्सनलबाट फरक अनुभव हुने उनले बताएका छन् । ‘यसपटक च्याम्पियन्स लिग अवसर पाएको छु, मलाई आशा छ च्याम्पियन्समा म आफ्नो प्रदर्शन माथिल्लो स्तरमा राख्नेछु,’ उनले भने, ‘च्याम्पियन्स लिगमा चुनौती धेरै छन्, त्यसमा आर्सनलले सफलता चुम्नुपर्छ ।’ चेकबाट सर्वाधिक क्याप पिटर चेक १२१ कारेल पोबोस्की ११८ टोमास रोसिक १०५ जारोस्लाभ प्लासिल १०२ अन्तर्राष्ट्रिय करिअर २००२ मा हंगेरीविरुद्ध डेब्यु २०१६ मा टर्कीविरुद्ध अन्तिम खेल युरोकप २००४, ०८, ०१२, ०१६ विश्वकप २००६

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१