चिनियाँ सुरक्षा टोली अचानक काठमाडौंमा किन ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार ०६:२१

चिनकाठमाडौँ । नेपाल र चीनबीच रहेको व्यापारिक सीमानाका बन्द भएपछि दुवै देशका उच्चसुरक्षा अधिकारी गोप्य छलफलमा जुटेका छन् ।

प्राकृतिक प्रकोप र सुरक्षा संवेदनशिलतालाई प्रमुख कारण देखाउँदै बन्द भएका तातोपानी खासा, रसुवागढी र मुस्ताङको कोरला नाका सुचारु गर्ने लगातयका विषयमा छलफल गर्न चिनियाँ सुरक्षा अधिकारी काठमाडौं आइपुगेका खबर आजको कारोबारमा खबर छापिएको छ।
औपचारिक छलफल र भेटघाटको तालिका नै तय नभई भएको चिनियाँ सुरक्षा अधिकारीहरुको नेपाल आगमनलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
जनमुक्ति सेनाका मेजर जनरल फु पेङ नेतृत्वको चिनियाँ टोली शनिबार अपरान्ह काठमाडौं आइपुगेको हो। बुधबारसम्म नेपालमै रहने भ्रमण टोलीले नेपालका सुरक्षा अधिकारीसँग अनौपचारिक छलफल गर्नेछ ।
गृहसचिव नारायणगोपाल मलेगोसहितका सुरक्षा अधिकारीसँग उनीहरुको छलफल हुने जनाइएको छ । नेपाल चीन व्यापारिक नाका सुचारु गर्ने, सीमा अपराध नियान्त्रण गर्ने र एक चीन नीतिविरुद्धका गतिविधि नियन्त्रण गर्ने लगायतका बिषयमा छलफल हुने गृहमन्त्रालयल श्रोतले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१