आईबोस ग्लोबल कतारको आयोजनामा ईद कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ असार २०७३, आईतवार ०५:५२

कतारकतार ! मुस्लिम समुदायको महान चाड ईद को पहिलो दिन दोहाको अल-नकायन होटेलको प्रांगणमा आईबोस ग्लोबल कतारले आयोजना गरेको ईद सास्क्रेतीक कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ! कार्यक्रम सम्योजक गोपाल न्यौपानेको सम्योजकत्वमा सम्पन्न उक्त कार्यकममा प्रमुख अतिथि आईबोस ग्लोबल कतारका प्रमुख नेत्र न्यौपाने र बिसेष अतिथीमा रामदास भूर्तेल हुनुहुन्थ्यो भने सुदीप पोखरेलको स्वागत मन्तब्य रहेको थियो ! कार्यक्रममा कम्पनीमा आबद्ध भएका र कम्पनी प्रति रुचि राख्ने ब्यक्तिहरुको बाक्लो उपस्थीत रहेको थियो ! उक्त कार्यक्रमलाई औपचारिक रुपमा सँचालक राम घिसिङले सँचालन गर्नु भएको थियो ! उक्त कार्यक्रममा प्रमुख अतिथी नेत्र न्यौपानेले कम्पनीको बारेमा प्रकास पार्दै आईबोस ग्लोबल स्वास्थ्य र सौन्दर्य समन्धी बिस्वस्तरीय उत्पादनलाई बिधुतिय प्रणाली द्वारा हरेक जनमानसमा पुर्याउने उदेस्य राखी एक नेपाली नागरिक द्वारा स्थापना गरिएको बिसुद्ध डाइरेक्ट सेलिङ्ग कम्पनी भयको जानाकारी दिनुभयो ! अन्तरास्ट्रिय डाइरेक्ट सेल्स उधोगको अन्तरास्ट्रिय फाइव स्टार अवार्ड पाउने एक मात्र सफल नेपाली व्यवसायी हब खड्का द्वारा सञ्चालित यस कम्पनीको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको छ ! मलेसिया,भारत,फिलिफिन्स,बेलायत,कतार लगायत बिस्वका १४ वटा देशमा आफ्नो ब्यापार फैलाइसकेको यस कम्पनीले छिट्टै साउदी अरब र कुवेतमा पनि आफ्नो विस्तार गर्दैछ ! “ग्राहक नै कम्पनीका प्रमूख सँचालक हुन” भन्ने आधारमा सञ्चालित यस कम्पनीको मूख्य उदेश्य नेपालमा उत्पादित अर्गानिक चिया लगायत अन्य विभिन्न जडीबुटीलाई प्रसोधन गरि बिस्वबजारमा पुर्याइ देसमा गरिबी र बेरोजगारीको समस्या समधानमा टेवा पुर्याइ स्वरोजगारको अबसर दिनु नै हो ! जसका लागी कम्पनीले थप सामानहरू साबुन,पेस्ट,स्याम्फो तथा सौन्दर्यका सामानहरू उत्पादनका लागी नेपालमा ललितपुरबाट आफ्नो कार्य अगाडि बढाईसकेको छ ! स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा उपस्थित दर्सकहरूले भरपूर मनोरन्जन लिएका थिए ! निर्धारित समय भन्दा झण्डै आधा-घण्टापछि सुरू भएको कार्यक्रम साझँ ६ बजे कार्यक्रम सम्योजक गोपाल न्यौपानेले समापन गर्दै प्रमुखअतिथी,बिसेषअतिथि,अतिथीहरू, स्थानीय कलाकारहरुका साथै कार्यक्रम सँचालकलाई धन्यवाद दिदै कार्यक्रम समापन गरिएको घोषणा गर्नुभएको थियो !

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१