मासुमा मात्रै छैनन् किरा, तरकारी बजारमा पनि छ अत्यधिक फोहोर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार १४:३१

तरकारी बजारमाकाठमाडौं, २५ असार । उपत्यकामा सबैभन्दा धेरै तरकारी मौज्दात र वितरण गर्ने कालिमाटी फलफूल तथा तरकारी बजार अत्यत्न अव्यवस्थित पाइएको छ । उपभोक्ताको स्वास्थ्यसँग सीधै सरोकार राख्ने तरकारी, फलफूल र माछा बिक्री गर्ने बजार फोहोर व्यवस्थापनमा चुकेको छ ।
मंगलबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजार पुगेर आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमन गर्दा सन्तोष गर्ने ठाउँ देखेनन् । तरकारी, फलफूल र माछा बजार अनुगमन गरेपछि उनले भने, ‘यहाँको फोहोर स्थिति देखेर मलाई त रिँगटा लाग्ला जस्तो भयो । यस्तो फोहोर ठाउँमा राखिएको तरकारी उपभोक्ताको भान्सामा पुग्ने रहेछ ।’ उनले विशेष ध्यान दिएर सफाइ गर्न निर्देशन दिएको बताए ।
थोक तरकारी भुइँमा मौज्दात
कालिमाटीका व्यापारीले फोहोर भुइँमा थोक तरकारी मौज्दात गर्दै आएका छन् । त्यस्तो भुइँमा तरकारी, फलपूmल राख्दा रोगको संक्रमण बढ्ने भए पनि व्यापारीले वास्ता गर्ने गरेका छैनन् । मन्त्री पुनले भुइँमा असरल्ल पारेर काँक्रो राखेको देखेपछि राम्ररी व्यवस्थापन गर्न केही व्यापारीलाई निर्देशन पनि दिएका थिए । कालिमाटी बजारका उपनिर्देशक विनय श्रेष्ठले व्यापारीले मनोमानी गरिरहेको बताए । ‘स्टल भाडाबापतको पैसा तिरेपछि जे गरे पनि हुन्छ भन्ने भावना व्यापारीमा छ,’ उनले भने । स्टलमा ठूलो परिमाणमा तरकारी, फुलफूल राख्नुपर्ने भएकाले क्रेट वा ठेलामाथि राखिसाध्य नहुने व्यापारीको तर्क छ ।

आँप बजारमा फोहोरको दृश्य
तरकारीको स्टल निरीक्षण गरेपछि मन्त्रीले फलफूलको कता छ भन्दै कर्मचारीलाई सोधे । उनीसँगै रहेका कालिमाटी बजार समितिका उपनिर्देशक विदुरप्रसाद आचार्यले हिलो बाटोतिर देखाए । टिलिक्क टल्केको जुत्ताले हिलोमा टेक्दै मन्त्री अघि बढे । हिलो बाटोको छेउमा एउटा ठेलागाडामाथि आँप राखिएको थियो । त्यो देखेर मन्त्री रिसाए । ‘यहा“ सरसफाइ भएन, तुरुन्त बोलाएर सफाइ गर्नुस् ।’ मन्त्रीको निर्देशनलाई खण्डन गर्दै व्यापारीले भने, ‘बिहान व्यापारको समयमा यस्तै हुन्छ । दिउँसो सफा गर्ने हो ।’ त्यहाँ व्यापारीले कुहिएका आँप फालेर जति फोहोर गरेका थिए, बजार समितिको लापरबाहीले बाटो उत्तिकै हिलो थियो ।

हिलो टेक्दै अघि बढेपछि बाटोमा झन् बढी हिलो भएको ठाउँमा मन्त्री पुगे । फलफूल बजार वरिपरि हिलो देखेपछि रुष्ट बनेका मन्त्रीले रिस दबाउँदै कर्मचारीलाई प्रश्न गरे, ‘सर, यो हिलोको सफाइ कार्य गर्ने केही योजना छैन रु’ नाजवाफ कर्मचारीले टाउको हल्लाउँदै समाधान गरिहाल्ने बताए । मन्त्रीले सफाइका लागि फेरि निर्देशन दिँदै भने, ‘तपाईंहरूसँग कुनै कार्यविधि छ भने त्यहीअनुसार गर्नुस् । होइन भने मानवीय दृष्टिले भए पनि सफाइ राख्नुस् ।’ नयाँ पत्रिकाले छापेको छ ।

हिलो छिचोल्दै मन्त्री पुन ०१ नम्बर लेखिएको स्टलमा पुगे, त्यहाँ आँप पकाउने गरिँदो रहेछ । एउटा टिनको टोकरीमा भुस राख्ने र त्यसभित्र काँचो आँप राखेर पकाउने स्टलका व्यापारी भरत खनालले बताए । तर, कोठा फोहोरले भरिएको थियो । भुइँमा कागजका टुक्रा कुहिएका देखेपछि मन्त्रीले भने, ‘आँप पकाउने ठाउँमा कागजको टुक्रा कुहिने गरी फोहोर हुँदा समेत किन सफाइ नभएको रु’

मन्त्री जहाँ गए पनि फोहोर मात्रै देख्न थालेपछि वाक्क भएका थिए । समितिका कर्मचारी आचार्यले स्टलभित्रको फोहोर सफा गर्न व्यापारीलाई निर्देशन दिँदै भने, ‘तपाईं ९व्यापारी०हरू भित्रको सफा गर्नुस्, बाहिर हामी गर्छौं ।’ मन्त्रीका अगाडि चुप रहेका व्यापारी मन्त्री हिँडेपछि ‘आँप कुहिने वस्तु हो, फोहोर त भइहाल्छ नि’ भन्दै ठूलो स्वर गर्दै थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१