काखी बढी गनाउँछ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार १४:२५

काखी बढी गनाउँछकाठमाडौँ । गर्मीमा पसिना र धुलोले शरीरमा नमिठो गन्ध आउँछ । काखी बढी गनाउँछ । नजिकका मान्छेले नाकै थुन्नुपर्ने तथा तर्किनुपर्ने परिस्थिति ननिम्तियोस् भनेर अधिकांशले पर्फ्युम रबडी स्प्रे प्रयोग गर्छन् । तर, विभिन्न संस्थाले पटक–पटक गरेका अध्ययनले पर्फ्युममा हुने केमिकलले गम्भीर असर पुर्‍याउने चेतावनी दिएका छन् स्
एल्युमिनियम स् पर्फ्युममा हुने एल्युमिनियम क्लोरोहाइड्रेट, एल्युमिनियम जिरकोनियम र टेट्राक्लोरोहाइड्रक्सलाई छालाले स्वस्छ र छालामा क्यान्सरको खतरा हुनसक्छ ।

सिलिका स् यसले छालामा एलर्जी निम्त्याउँछ । यसमा क्रिस्टलाइन क्वाट्र्ज हुनसक्छ ।

ट्राइक्लोसन स् यसले शरीरको आवश्यक ब्याक्टेरिया पनि नष्ट गरिदिन्छ । अमेरिकाको फुड एन्ड ड्रग्स डिपार्टमेन्टले ट्राइक्लोसनले छालाको रोग निम्त्याउने र क्यान्सरको खतरा हुनसक्ने चेतावनी दिएको छ ।

एसिटोन स् यसले मुख र घाँटी सुक्खा बनाउने, टाउको दुख्ने, बमिटिङ गराउने समस्या निम्त्याउन सक्छ । समस्या जटिल बन्न पनि सक्छ । नयाँ पत्रिकाले छापेको छ ।

अल्कोहल स् यसले एलर्जी, टाउको दुख्ने, साइनसजस्ता समस्या निम्त्याउँछ ।

प्रप्लिन ग्लायसोल स् यसले एलर्जिक रियाक्सन हुनसक्छ । न्युरोटक्सिन मानिने यसले मिर्गौला र कलेजो ड्यामेज गर्नसक्छ ।
प्लस १ यीबाहेक अन्य हानिकारक केमिकल पनि पर्फ्युममा हुन्छन् । छालासँग सीधा सम्पर्कमा पुग्दा यी केमिकलले गम्भीर असर निम्त्याउने विज्ञहरूको सुझाब छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१