स्वास्थ्य जगतको मर्यादा राखौँ : डा .भोला रिजाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार १४:१२

२०४६ सालको प्रजातन्त्रपछि नेपालले वाक स्वतन्त्रता, दूरसञ्चार र शिक्षामा निकै ठूलो उन्नति गरेको छ ।bhola
शिक्षामा पनि स्वास्थ्य शिक्षामा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको कुरा अन्तर्राष्ट्रि जगतले पनि स्वीकारेको छ । नर्सिङ सेवामा हामी झण्डै परनिर्भरताबाट मुक्त भएका छौँ भने चिकित्सकहरु आजको हिसाबले झण्डै ५० प्रतिशत आपूर्ति भएको छ । तर अझै पनि विकास क्रमका आधारमा दुवैमा ढुक्क हुने अवस्था भने छैन । अझ पोस्ट ग्राजुएट सुपर सब स्पेसियालिटी त अझै धेरै नै उत्पादन गर्नुपर्ने देखिन्छ ।

नेपाल सरकारको स्वास्थ्य नीति अनुसार अझ विषेशज्ञ सेवा विस्तार गर्ने लक्ष पनि हेर्ने हो भने यो क्षेत्रमा निकै वृद्धि गर्नुपर्ने छ ।
यी माथि उद्धृत गरिएका केही लक्ष्य प्राप्तितिर ध्यान दिने हो भने आज उत्पन्न गरिएका समस्याहरुले हाम्रो प्रगतिलाई कुन हदसम्म तल खसाउने हो त्यसको अन्दाज पनि लगाउन असम्भव बन्दै गएको छ । आज हामीहामी बीचको स्वार्थ अनि मनमुटावले समग्र स्वास्थ्य जगतलाई नै कति अमर्यादित र घिनलाग्दो बनाएको छ । हामीबीचको बहस चुलिएर हाम्रो समस्याका लागि स्वास्थ्य क्षेत्रभन्दा बाहिरका व्यक्तिहरुले हामीलाई मूर्ख बनाउँदा हामी लाजै नमानी कहिले जितमा रमाउँछौ अनि कहिले हारमा दुःखी हुन्छौं । हामी मात्र एक यस्तो समुदाय हौँ जस्मा १०० प्रतिशत बुद्धिजीवीहरु मात्र छन् । लाज छैन हामी आपसी कलहले गर्दा कतिसम्म तल्लो स्थितिमा पुगेका छौं ।

गैरस्वास्थ्यकर्मीबाट बहस हुन्छ, हामी मख्ख छौं । त्यसैमा रमाएर आफ्नो स्वार्थको लागि चाकडी गर्छौं । धन्न हो हामीले पाएको जुनी । मेरा अग्रज मान्यजन, समकक्षी साथीहरु साथै भोलिका उज्ज्वल नक्षत्रहरु जसले स्वास्थ्य जगतलाई नै अँगालेर सिङ्गो नेपाल हाँक्नु छ । मुलुक स्वास्थ्यमय बनाउँदै डोहोर्याउनु पर्ने स्थिति रहेको छ । आजै विचार गरौँ कसरी अगाडि बढ्ने ? के नेपालको स्वास्थ्य शिक्षाले गरेको प्रगतिप्रति हामी सन्तुष्ट छैनौं । यदि सन्तुष्ट छैनौँ भने हामी बसेर गन्तव्य निर्धारण गर्ने हो कि ?

आज २५ वर्षको अन्तरालमा उपलब्ध गरेको स्वास्थ्य सेवा भनौं जसमा Gina- Obs, (ivf) Heartsuraverv, Renal transplant, Endoscopic Surgery, Neuro Surgery,Onchology Diagnostic Methods मा गएको प्रगतिकै कारण अरबौं रुपियाँ विदेशिनबाट जोगिएको अवस्था हामी माझ छ । स्वास्थ्यशिक्षातर्फ अझ दुई कदम अगाडि हामी छौँ । आज स्वदेशमा नै नर्सिङ प्यारामेडिक, एमबीबीएस, एमडी, एमएस अनि डीएम कोर्सहरु स्तरीय हिसाबले सञ्चालन भइरहेका छन् । नेपालमा उत्पादन भएका स्वास्थ्यकर्मीले देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि सम्मान हाशील गरेका छन् ।

गरिब तथा जेहेनदार विद्यार्थीहरुमा वार्षिक ३०० जनाले निजी मेडिकल कलेजबाट अनि १०० जनाले सरकारी कलेजबाट डिग्री हासिल गर्दै आएका छन् । यो उपलब्धिलाई कसैले पनि कम मूल्याङ्कन गर्न मिल्दैन । हामी सबै मिलेर विद्यमान अवस्थामा अझ स्तरवृद्धिका लागि कुनकुन कुरामा कसरी सुधार गर्दै जाने त्यो हामीले नै गर्नुपर्छ । आपसको कलहले हामी हामीमा मनमुटाव सिर्जना गराएर विभाजनको रेखा कोर्नेछ । यो हामी कसैका लागि पनि श्रेयष्कर छैन । आपसमा जति मतभेद रहेका छन् ती सबै एकआपसमा बसेर नै छलफलका माध्यमबाट समाधान गरौं । स्वास्थ्य जगतको मर्यादा राखौँ तब हामी सबै मर्यादित हुन्छौं ।

अन्त्यमा हामी सबैको लक्ष्य एउटै छ त्यो हो रोगले छटपटाएका बिरामी जो विदेशमा गएर उपचार गराउन असमर्थ रहेका छन् ।
अझ भनौँ एकठाउँबाट अर्को ठाउँसम्म पनि पुग्न सक्दैनन् र पुगे पनि स्तरिय सेवा पाउन सक्दैनन् । उनीहरुलाई सकेसम्म नजिकै सेवा पुर्याउनु हो । त्यस्तै स्वास्थ्यशिक्षामा पनि जेहेन्दार गरिब विद्यार्थीहरुलाई अझ सुलभ कसरी बनाउने यस बारेमा हामी सबै एक भएर एउटै थलोबाट बृहद कार्यको थालनी गरौं यसैमा हाम्रो कल्याण छ ।

ratopati.com बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१