नेइमारमाथि लागेको ठगी तथा भ्रष्टाचारको मुद्दा खारेज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ असार २०७३, शनिबार १४:०१

neymarएजेन्सी । स्पेनको एक अदालतले बार्सिलोनाका स्ट्राइकर नेइमारमाथि लागेको ठगी तथा भ्रष्टाचारको मुद्दा खारेज गरेको छ ।

नेइमारविरुद्ध ब्राजिलको एक लगानी कोष डिआइएसले ठगी तथा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । नेइमारको डिआइएससँग ट्रान्सफर अधिकार छ । डिआइएसले नेइमार सन् २०१३ मा सान्टोसबाट बार्सिलोना जाने क्रममा आफू ठगीमा परेको दाबी गरेको थियो ।

कर छलीको आरोपमा बार्सिलोनाले गएको महिना ६१ लाख अमेरिकी डलर जरिवाना तिरेको थियो । नेइमार र एजेन्टको भूमिकामा रहेको उनका बुबाले भने आरोप अस्वीकार गर्दै आएका थिए ।

कर छलीको आरोपमा केही दिनअघि स्पेनको एक अदालतले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र उनका बुबालाई २१ महिनाको जेल सजाय सुनाएको थियो । मेस्सी र उनका बुबाले फैसला विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१