१० नेपाली कविता रुसीमा र १० रुसी कविता नेपालीमा अनुवाद हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार १६:०४

समकालीन नेपाली साहित्यका १० चर्चित कविका १० कविता रुसी भाषामा र १० रुसी कविका १० कविता नेपालीमा अनुवाद गरिने भएको छ। विश्व नेपाली साहित्य महासंघ तथा मस्को लेखक संघको संयुक्त आयोजनामा भएको एक कार्यक्रमले सन् २०१६ भित्रै दुई देशका चर्चित कविका सिर्जना नेपाली/रुसीमा अनुवाद गरेर पुस्तकाकार दिने घोषणा गरेको हो। करिब पाँच दशकदेखि रसिया बस्दै आएका कृष्णप्रकाश श्रेष्ठले दुवै देशका रचनाको अनुवाद गर्नेछन्।
पुस्तक प्रकाशनको जिम्मा मस्को लेखक संघले लिएको छ। नेपाली कविता संकलन गर्ने जिम्मा विश्व नेपाली साहित्य महासंघले पाएको छ भने रुसी कविताको संकलन गर्ने जिम्मा मस्को लेखक संघले लिएको छ।
नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाका तथा रुसी महाकवि पुस्किनका कविता यसैगरी अनूदित भएका थिए। लामो समयसम्म दुबै देशका श्रष्टाहरु एउटै कृतिमा समेट्न नसकिएकाले यो काम गर्नु परेको मस्को लेखक संघका अध्यक्ष भ्लादिमिर वायोनिरोभले बताएका छन्। ‘हामी देखिनेगरी नेपाली साहित्य र रसियन साहित्यलाई जोड्न चाहन्छौ,’ दुई नेपाली लेखक धनराज गिरी र अश्विनी कोइरालाको सम्मानमा आयोजित कार्यक्रममा अध्यक्ष वायोनिरोभले भने, ‘यो पुस्तक नेपाल र रसियाका प्रमुख स्थानमा उपलब्ध हुने नै छ। अन्य कूटनीतिक नियोगहरुमा पनि उपलब्ध हुनेछ। यसमा राजनीति जोडिने छैन केवल दुई देशका साहित्यकारहरु जोडिने छन्।’
गत वर्ष मात्र उनी मस्को लेखक संघको अध्यक्षमा चुनिएका थिए। त्यसयता उनी रसियन विश्वका अन्य भाषाका लेखक–कविलाई जोडेर नयाँ काम गर्न लागिपरेका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१