हलिउड अभिनेत्री मिचेल नेपालमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार १५:५९

मिचेल योहहलिउड अभिनेत्री मिचेल योह यतिबेला नेपालमा छिन्। युएनडिपीकी सद्भावना दुतसमेत रहेकी योह भुकम्पपछिको पुनः निर्माणको अवस्थाबारे बुझ्न नेपाल आएकी हुन्।

‘जेम्स बन्ड’ को १८ संस्करण फिल्म ‘टुमरो नेभर डाइज’ बाट हलिउडमा चर्चित बनेकी योह ‘ग्लोबल रोड सेफ्टी’को पनि सद्भावना दुत हुन्।

भुकम्पपछि पनि उनी नेपाल आएकी थिइन्। त्यतिबेला उनले एफआईएको तर्फबाट नासा सोलिडारिटी फन्डको घोषणा गरेकी थिइन्। हाल उक्त फन्डअन्तर्गत नासाले सडक सुरक्षासम्बन्धि गतिविधिहरु भइरहेको छ। नासाका अध्यक्ष दशरथ रिसाल, उपाध्यक्ष मेघराज पौडेल र महासचिव गोविन्द भट्टराई र अभिनेत्री योहबीच नासाले सञ्चालन गरिरहेको सडक सुरक्षा कार्यक्रमका बिभिन्न गतिविधिबारे छलफल भएको थियो। युएनडिपीको समन्वयमा आयोजित भेटघाटमा युएनडिपीका उच्च पदाधिकारीहरुकोसमेत संलग्नता रहेको थियो। छलफलकै क्रममा आगामी दिनमा युएनडिपीले नासाका विभिन्न कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१