निर्देशकले ‘बेड सिन’ माग्दा फिल्म नै छोडिन् चित्रांगदाले

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार १५:५६

????????????????????????????????????

हाल निर्माणको क्रममा रहेको ‘बाबुमोशाय बन्दुकबाज’ फिल्मका लागि निर्देशक कुशान नन्दीले अभिनेत्री चित्रांगदा सिंह र अभिनेता नवाजुद्दिन सिद्दिकीसँग एउटा ‘बेड सिन’मागेका थिए। बेड सिनकै विषयलाई लिएर चित्रांगदा र कुशानबी मनमुटाव सुरु भयो र चित्रांगदाले फिल्म नै छोडेको बताइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा त चित्रांगदा बेड सिनका लागि तयार थिइन्, उनले टेक पनि दिइन्। तर निर्देशकले फष्र्ट टेकबाट सन्तुष्ट नभएपछि अर्को टेक मागे। निर्देशकले नवाजुद्दिनको माथि चढ्ने दृश्य दिन चित्रांगदालाई अनुरोध गरे।
तर, चित्रांगदा एक्कासी आक्रोसमा आइन्। उनले सबैको अगाडि आफ्नो अपमान भएको आरोप लगाइन्। त्यसपछि निर्देशकले ‘गोप्य ठाउँमा कुरा गरौं’ भन्दा चित्रांगदाले भनिन्, ‘यत्रा मान्छेको अगाडि यस्तो ग¥यौ, अब छुट्टै राखेर के कुरा गर्छौ? तिमी आफूलाई के ठान्छौ?’ धेरै मानिसका अगाडि र बेड सिनमा क्लोज सट लिएकोमा उनको आपत्ति थियो।
सुत्रको हवाला दिँदै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार चित्रांगदाले तीन टेकमा उक्त दृश्य पुरा गरिन् र रुँदै नवाजुद्दिन सिद्दिकीसँग फिल्म छोडेको भनेर बाहिरिइन्।
बताइएअनुसार चित्रांगदा र निर्देशकबीच पहिलेदेखि नै सम्बन्ध राम्रो थिएन। निर्देशकले फिल्मका लागि पेटिकोट र लो कट ब्लाउज लगाउनुपर्ने बताएका थिए। चित्रांगदाले सुरुदेखि नै आफूले यस्ता लुगा नलगाउने बताउँदै आएकी थिइन्। चित्रांगदाले भनेकी थिइन्, ‘आजकल गरिबहरु त आफ्नो ज्यान साडीले ढाक्न सक्छन्।’
त्यसपछि कुशानले सोेधेछन्, ‘अक्षयकुमारसँग देशी ब्वाइजमाचाहिँ यस्तो लुगा किन लगाएको त?’
‘किनकी त्यो फिल्म कमर्सियल थियो र लङ सट लिइएको थियो। तिमीले आर्ट फिल्म बनाइरहेका छौ र यसमा क्लोज सट लिइरहेका छौ।’
अहिले चित्रांगदाले बाबुमोशाय बन्दुकबाज छोडेपछि उनको हातमा कुनै पनि फिल्म छैनन्। पछिल्लो पटक अक्षयकुमारको गब्बर इज ब्याकको ‘आओ राजा’गीतमा आइटम नृत्य गरेकी चित्रांगदाले १० वटा फिल्ममा अभिनय गरेपनि हिट हुन सकेकी छैनन्। सेतोपाटी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१