समाजसेवी मन्जु खाँडको यो साहसिक कार्यले अझै उचाई लिदै जाओस हाम्रो शुभकामना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार १५:४२

मन्जु खाँड महेन्द्र चापागाई । एउटी करीब १७ बर्षको अपरिपक्क भहेकी किशोरी आमा ६ दिनको जण्डिस देखिएको नाबालक छोरी । न आफुले प्रेम गरेर जीवन सुम्पिएको साथी ले साथ दियो बाध्यताको अगाडि माइतिको पनी केही लागेन यस्तो कठिन अवस्थामा परेकी आमा छोरिलाई उद्दार गरी मन्जुश्री अशाहय संरक्षण केन्द्र सस्थाले संरक्षण दिरहेको छ ।११ दिनको दिन पण्डित बोलायर आफ्नै मन्जुश्री अशाहय संरक्षण केन्द्रमा नै नुवाँरन गराई दिकीथीन्न् । यो त प्रतिनिधि घटना मात्र हो । विगत ६ बर्ष देखि दिनरात नभनिकन पीडामा परेकाहरुको लागि उनी लडिरहेकी हुन्छीन् । पीडित महिलाहरुकी एउटा सिंगो खम्बा बन्दै गएकी छिन् समाजसेवी मञ्जु खाड । चितवनको मन्जुश्री अशाहय संरक्षण केन्द्र सस्थाको अध्यक्षको कार्याभार सम्हाल्दै उनी पीडित महिलाहरुको न्यायका लागि द्धढतापुर्वक लडिरहेकी हुन्छीन् । दिनदिनै महिलामाथि हिसां वढ्दै गईरहेको छ । बलात्कार, दाईजोको निहुँमा होस वा अन्य बहानामा महिलामाथि हुने हिंसामा कमी आएको छैन् । श्रीमान, सामू समुरा नन्द अमाजु लगायत परिवारका सदस्ले दिने यातनाले गर्दा महिला मात्र होईन काख र गर्भका बच्चाले समेत यातना सहने घटना बढ्दै गएका छन् । आफ्नो घरपरिवार बाट नै हिंसामा परेका महिलाहरुलाई न्यायको ढोका सम्म पुग्न निकै गाहे हुने गर्दछ । तिनै पिडीतहरुलाई काखमा च्याप्दै न्यायको ढोका सम्म जाने बाटो बनाउदै आएकी छीन् ।सामाजीक कार्यमा आफ्नै दाई दिपक खाड बाट प्रेरीत भएकी मन्जु अहिले सामाजीक कार्य गर्न रुचाउने धेरै नारीहरुको प्रेरणाको श्रोत बनेकी छिन ,सानै उमेर देखि समाजमा घुलमिल हुने उनी सडकमा बच्चाहरु देख्दा आफुले खान लगेको स्कुल खाजा पनि तिनै बच्चाहरुलाई दिने बताउँछीन् । मन्जुले आफ्नै अध्यक्षतामा मन्जुश्री असाहय संरक्षण केन्द्र पनी सञ्चालनमा ल्यएकी छिन भन्छीन महिला हरुको केस हेर्छु पिडित महिलाको ओत लाग्ने बिश्वासीलो ठाउ कतै हुदैन त्यसैले पिडित महिला को न्यान र संरक्षणका लागी कठिन भएपछि आफैले असाह्य संरक्षण केन्द्र सञ्चालनमा ल्यएको हु । उनको संरक्षण गृहमा संरक्षण पाएका महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन बिभिन्न सिपमुलुक तालिको पनी सञ्चालनमा ल्यएकी छन्। मन्जुको यो साहसिक कार्यले अझै उचाई लिदै जाओस हाम्रो शुभकामना ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१