यस्ता छन् ओछ्यानबाट भियाग्रालाई पनि भगाउने खानेकुराहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार ११:२३

सफल यौन जीवनका लागि भियाग्रा संसारभरमा चर्चित छ । तर, अरु खानेकुराबाट त्यही फाइदा प्राप्त हुन्छ भने औषधि किन्ने आवश्यकता नै पर्दैन । त्यसका लागि निम्नानुसारको खानेकुरा खाँदा यौन जीवन भियाग्राले भन्दा बढी सफल बनाउने गर्दछ ।
केरा
केरामा भिटामिन बी हुन्छ, जसले स्ट्यामिना बढाउँछ र स्ट्रेसलाई पनि कम गर्दछ । साथै पोटाशियम पनि, जुन सेक्स हर्मोनका लागि लाभदायी हुन्छ । यसले मुटुलाई पनि स्वस्थ राख्ने काम गर्दछ ।
कफी
अध्ययनहरुका अनुसार ओछ्यान जानुअघि यदि महिला र पुरुष दुवैले कफी पिउने हो भने उनीहरुको यौन परफरमेन्स जोडदार रहने गर्दछ । कतिपय अवस्थाम ाजिम इन्स्ट्रक्टर र कोचले पनि खेलाडीहरुलाई प्रशिक्षणअघि कफी पिउने सुझाव दिने गर्दछन् ताकि उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नु सकुन् ।
सुन्तला
सुन्तलामा भिटामिन सी हुन्छ । त्यसैले सुन्तला शुक्राणुको स्वास्थ्यका लागि उत्तम फल मानिन्छ । यसबाट शुक्राणुहरुको गुणस्तर र संख्या दुवै बढ्दछ । साथै यसले एकाग्रतालाई पनि बढाउने काम गर्दछ ।
स्याउ
स्याउ र कामुकताको सम्बन्ध त निकै पूरानो हो । आदम र अव्वाले इश्वरको आदेशविरुद्ध स्याउ खाएका थिए । र, यहीबाट मानवताको सुरुवात भएको किम्बदन्ती नै छ । अध्ययनहरुका अनुसार पनि स्याउले कामुकता बढाउने काम गर्दछ ।
सोयाबीन
प्रोटिनले भरपुर सोयाबीनले पुरुषको मात्र होइन, महिलाहरुको यौन स्वास्थ्यका लागि पनि लाभदायी मानिएको छ। विशेषगरी मेनोपज अर्था रजोनिवृत्तिका क्रममा ।
मेवा
वैज्ञानिक अध्ययनहरुका अनुसार मेवाबाट नपुंसकताको उपचार गर्न सकिन्छ । हरेक दिन मेवा खाँदा यौन शक्ति बढ्ने गर्दछ ।
अभोकाडो
अभोकाडो मुटुका लागि निकै उपयोगी मानिछ । अध्ययनहरुका अनुसार जुन कुरा मुटुका लागि राम्रो मानिन्छ, त्यो यौन अंगसम्म रक्त प्रवाहमा सहयोगीसिद्ध हुने गर्दछ । त्यसैले अकोकाडोले यौन क्षमता प्रदर्शनमा शसक्त भूमिका निर्वाह गर्ने गर्दछ ।
बदाम
बदाम पनि मुटुका लागि राम्रो मानिन्छ । यसमा जिंक र भिटामिन ईसमेत कयौ पोषक तत्व हुन्छन् । जसले कामुकता बढाउने मात्र होइन, शरीरको प्रजननतन्त्रलाई पनि स्वास्थ राख्ने काम गर्दछ । एजेन्सी

appleavokadobadamcoffikeramewasoyasuntala

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१