युवती हाई हिलका सौखिन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार ११:०९

hillनवीना महर्जन/ फेसन डिजाइनर सरमन एपरेल्स, बालकुमारी । अधिकांश युवती हाई हिलका सौखिन हुन्छन् । विशेष ड्रेसअपका साथमा हाई हिल लगाएर विशेष समारोहमा फरक लुक्स दिने युवतीहरूको चाहना हुन्छ । केही दिनमै बिहेको लगन सुरु हुादै छ, तपाईं पनि आफन्तको बिहे या पार्टीमा हाई हिल लगाएर जाने सोच बनाउादै हुनुहुन्छ भने केही कुरामा ध्यान दिनुहोस् । फेसन डिजाइनर नवीना महर्जनले दिएकी छिन्, हाई हिल किन्न जाादा विचार पुर्‍याउनुपर्ने केही टिप्स : गोडाको नाप सामान्यजस्तो लाग्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ । हाई हिल किन्नुअघि राम्रोसँग गोडाको नाप लिनुहोस् । यसअघि मिलेको स्यान्डिल नै ठीक हुन्छ भनेर हचुवामा नकिन्नुहोस् । उमेरअन्तरअनुसार पैतालाको आकारमा फेरबदल भएको हुनसक्छ । आरामदायी होस् हाई हिल लगाएर हिँड्नुहोस् र विचार गर्नुहोस् कि कस्तो महसुस भइरहेको छ ? पैतालामा स्यान्डिल कसिएको छ भने नसोच्नुहोस्, केही दिन लगाएपछि हल्का खुलेर ठीक भइहाल्ला । अधिकांश स्यान्डिल लगाउँदै जाँदा नखुल्ने खालका हुन्छन् । बरु, एक साइज ठूलो हिल लिँदा नै उत्तम हुन्छ । खुकुलो महसुस भयो भने इनसोल प्रयोग गर्न सकिन्छ । किन्ने समय रिसर्चले नै देखाएका छन् कि बिहानको समयभन्दा अपरान्हपछिको समयमा पैतालाको साइज केही ठूलो हुन्छ । हिँडडुल तथा एक्सरसाइजपछि नसा र मसल्स सक्रिय हुँदा गोडाको साइज बिहानभन्दा केही ठूलो हुन्छ । त्यसैले बिहान साइज मिलाएर किनेको स्यान्डिल दिउँसो सानो हुनसक्छ । गोडामा धेरै कसिलो हाई हिलले त झनै पीडा दिने भएकाले दिउँसोको समयमा किन्नुहोला । कलर म्याचिङ हाई हिल किन्दा कलर म्याचिङ निकै महत्त्वपूर्ण पाटो हो । हाई हिल छान्दै गर्दा दिमागमा राख्न नभुल्नुहोस् कि कुन ड्रेससँग म्याच गराउन खोज्दै छु ? कमसेकम तीन सेट कपडासँग मिल्ने खालको हिल किन्नुहोस् । गोल्डेन र सिल्भर कलर सबैखाले ड्रेसअपमा म्याच हुन्छ । कलरफुल (ब्राइट कलर) ड्रेस लगाउनुहुन्छ भने ब्ल्याक स्यान्डिल सुहाउँदैन । हाई हिल लगाएर सुन्दर देखिने रहर गरेर मात्रै हुँदैन । अरूलाई हाई हिलमा सुन्दर देख्दैमा दुरुस्त फलो गर्ने गल्ती पनि नगर्नुहोस् । यसअघि कहिल्यै हिल लगाउनुभएको छैन भने एक्कासि हाई हिल नलगाउनु नै ठीक हुन्छ । हल्का हिल लगाएर बानी परेपछि मात्रै हाई हिल लगाउनुहोस् । नत्र, हाई हिलले तपाईंको सौन्दर्य झनै घटाउन सक्छ । नया पत्रिका बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१