अस्पतालभित्र अनशन नबस्न डा.केसीलाई आग्रह

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ असार २०७३, शुक्रबार ०७:२७

काठमाडौं २४ असार । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०का पूर्वडिन र प्राध्यापकहरूले प्रा।डा। गोविन्द केसीलाई आइओएम हातामा अनशन नबस्न आग्रह गरेका छन् । केसीले आइतबारदेखि आमरण अनशन बस्ने घोषणा गरेका छन् ।

dr kc

आइओएमका पूर्वडिन प्रा।डा। अरुण सायमी, प्रा।डा। रामप्रसाद उप्रेती, प्रा।डा। ऋतुप्रसाद गड्तौला, प्रा.डा. रतिन्द्र श्रेष्ठ, प्रा.डा.शशी शर्मा र प्रा.डा. कृष्णकुमार वलीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै अनशन बसेर अस्पताल र क्याम्पसलाई बन्धक नबनाउन केसीलाई आग्रह गरेका छन् । आफूहरू चार दशकदेखि महाराजगन्ज मेडिकल क्याम्पसमा क्रियाशील रहेको, मन, बचन र कर्मले क्याम्पसमा समाहित भएको भन्दै उनीहरुले संस्थालाई कसैले बन्धक बनाउन नपाउने उल्लेख गरेका छन् ।

डा।केसीले पटक–पटक आइओएम हातामा अनशन बसी अस्पताल र क्याम्पसलाई बन्धक बनाएको उनीहरुको आरोप छ । ‘संस्थाको हितको आडका शब्दमा फेरि पनि संस्थालाई बन्धक बनाउने प्रपन्च भइरहेको सुनिन आएको छ,’ वक्तव्यमा भनिएको छ, ‘अनशनबाट केसी र अरूले कति लाभ लिनुभयो, त्यो जानकारी छैन, तर पटक–पटकको अनशनले शिक्षण अस्पताल र मेडिकल कलेज जीर्ण पार्ने काम भएको सत्य हो ।’

पूर्वडिनहरूको समूहले डा।केसीलाई आइओएम हातामा अनशन बस्न नदिन सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएको छ । अस्पताल हाता अत्यावश्यकीय क्षेत्र भएको र सर्वोच्च अदालतले पनि अस्पताल क्षेत्रमा बन्द–हडताल, अनशनजस्ता गतिविधि गर्न नपाउने भन्दै परमादेश दिइसकेको अवस्थामा डा।केसीलाई आइओएम हातामा अनसन बस्न नदिन ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले त्रिवि उपकुलपति, आइओएम डिन, शिक्षण अस्पताल कार्यकारी निर्देशक, जिल्ला प्रशासन काठमाडौंमा पत्र बुझाएका हुन् । डा।केसीलाई आइओएम हाताभित्र अनशन बस्न दिएमा सर्वोच्चको परमादेशविपरीत सरोकारवाला निकायका प्रमुख पनि दोषी हुने ज्ञापनपत्रमा उल्लेख छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१