राष्ट्रिय अनलाईन पत्रकार संघ जिल्ला शाखा सिन्धुलीको प्रथम जिल्ला सम्मेलन हुदैँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७३, बिहीबार १४:५२

onlineराष्ट्रिय अनलाईन पत्रकार संघ जिल्ला शाखा सिन्धुलीको प्रथम जिल्ला सम्मेलन यहि मिति २०७३ साल असार २५ गते सिन्धुलीमा हुने भएको छ । संघका केन्द्रिय माहासचिब सागर श्रेष्ठको बिशेष उपस्थिति तथा सिन्धुली जिल्लाका सरकारी निकायका प्रमुख तथा अग्रज पत्रकारहरुको प्रमुख आतिथ्यता तथा बिशेष आतिथ्यतामा यस संघको प्रथम शाखाको रुपमा सिन्धुली शाखा घोषणा हुन लागेको हो । जिल्लामा क्रियाशिल अनलाईन पत्रकारहरुको भेलाले जेठ १८ गते बिक्रम रत्नको संयोजकत्वमा ३५ सदस्यिय तदर्थ समिति गठन गरीएको थियो । अनलाईन पत्रकारीतामा केन्द्रिय तहबाटै बिकृति र बिसंगति भित्रिदै गएको र अनलाईन पत्रकारहरुको हक,हित र संरक्षणको सन्दर्भमा नेपालमै पहिलोपल्ट हुनलागेको शाखा बिस्तारले अनलाईन पत्रकारीताको क्षेत्रमा ऐतिहासिक महत्व राख्ने राष्ट्रिय अनलाईन पत्रकार संघ जिल्ला शाखा सिन्धुली तदर्थ समिति संयोजक बिक्रम रत्नले बताउनुभयो । नेपालभरका अन्य जिल्लामा पनि शाखा बिस्तारको काम अगाडी बढेकाले सिन्धुलीपछि लगत्तै अन्य जिल्लामा पनि शाखा बिस्तार गरीने केन्द्रिय अध्यक्ष मुकुन्द ढुङगानाले बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१