४० रुपैया दिनको तिरेर दलित बालबालिका लाई शिक्षा दिलाउदै पूर्व प्रहरी महानिरिक्षक राणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७३, बिहीबार १४:३३
 रानाअभिमनु पटेल / रौतहट २३ असार  ।
राष्ट्रिय मधेश समाजवादी पार्टीको क्षेत्र नं ५ काे क्षेत्रीय अधिवेशन कार्यक्रम गा.वि.स कटहरिया उ.माकाे प्रागणमा सम्पन्न भएको छ । क्षेत्रीय अधिवेशन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मधेश समाजवादी पार्टीकाे राष्ट्रिय उपाध्यक्ष एवं  पूर्व प्रहरी महानिरीक्षक प्रदिप शम्शेर राणाले बाेल्दै मधेशी जनताकाे लागि हाम्रो अवाज सधै उठदै आईरहेकाे छ ।यो नेपाल देश कसको यसमा बस्ने हिमाल पहाडका जनताको मात्र रहेको र तराईकाे जनताहरु कुन देशकाे तराई नेपालमा पर्छ भने मधेशी जनता सँग किन यति ठूलो विभेद सरकारले गरिरहेकाे छ ।
मेरो गृह जिल्ला रौतहट शिक्षाको मामलामा सब जिल्लाबाट पछाडि परेको जिल्ला रहेको छ ।आफ्नो गाउँमा दलित , गरिब , असहाय परिवारका बालबालिकालाई शिक्षा हासिल गराउन र शिक्षा प्रति रुचि बढाउनका लागि सबै बालक लाई ४० रुपैयाकाे दरले प्रत्येक दिन तिरेर बिधालय पढन पठाउछु ।
प्रहरी महानिरीक्षक भएको बेला पुरै तराईमा हुने क्षेत्रीय प्रहरी बिधालय मैले आफ्नो जिल्लामा ल्याएर स्थापीत गराएकाे छु ।राजदेवि मंदिर , शिवनगरमा धर्माशाला , गाउँमा धर्मशाला र १५०० सय भन्दा बढी यहाका युवाहरु लाई प्रहरी देखि अन्यमा सरकारी कार्यालयमा जागिर लगायकाे छु ।कसै सँग नएक रूपैया लिईकन पूर्व प्रहरी महानिरीक्षक राणाले बताए ।
रौतहटको विकास हेरेर मलाई साह्रै दुख लाग्छ किनकि याे मेरो गृह जिल्ला भएकोले एक सासंद लाई विकास गर्नका लागि ३ करोड रकम सरकारले दिईरहेकाे छ तर खोइ विकास रौतहटमा ।गृह जिल्लाका ठूलो ठूलो बजार कटहरिया , गंगापिपरा , समनपुर , बंकुल र गरुडा रहेको छ । कटहरिया बजार क्षेत्र नं ५ मा तर यो बजारमा आउने मुख्य सडक नराम्रो कसरी व्यापारीहरु आउँछ यो सडकाे नाममा नेताहरुले बजेट लिएर खाईदिन्छ तर बाटो बनाउदै अब यहाका जनताहरु पनि सचेत हुनुपर्छ नाेट र नामकाे पछाडि लागेर आफ्नो बहुमुल्य मत खराब , भ्रष्टाचार दलाल व्यक्तिलाई नदिनु तब विकास हुन्छ ।
जातीय राजनीतिक सोच हटाएर जनताकाे लागि ईमानदार बनी काम गर्ने साेच लिएर याहका नेताहरुले बढनु पर्छ पूर्व प्रहरी महानिरीक्षक  राणाले दाबी गरेका हुन ।
विशिष्ट अतिथि केन्द्रीय सदस्य महेशवर यादवले मधेशमा महिला धेरै पछाडि परेको छ अब महिलाले पनि शिक्षा हासिल गर्नु पर्छ ।छोरा जस्तै छोरी लाई बराबर शिक्षा दिने काम गर्नु घरमा आफ्नो बालबालिका सँग काखा पाखा गर्याे भन्ने बाहिर कसले छोरीहरु लाई समान दिन्छ ।मधेश आन्दोलन बारेमा सबै लाई थाहा छ किन र कसकाे लागि  महाभारत कसकाे कारण भिष्मपिताम्भकाे कारणले भएको थियो पाच पाण्डवले मात्र घर बनाउकाे लागि एउटा काेण मागेकाे थियो तर दिएन पछि पुरै राजनै लिएर त्यस्तै नेपालमा मधेशी जनता सँग गरिरहेको छ।महिलाहरु मिलेर दारु र दाईजो प्रथाकाे बिरोध गर्नुस तपाई लाइ राष्ट्रिय मधेश समाजवादी पार्टी साथ दिने केन्द्रीय सदस्य यादवले बताए ।

क्षेत्रीय अधिवेशनमा कार्यक्रममा जिल्ला अध्यक्ष रामप्रवेश दासले संविधानबाट बन्चित गरेर हकअधिकार नदिएकाे विरोधी सरकारकाे सामना गर्नुपर्छ ।मधेशी जनतालाई मधेशी नेताहरु नै खुन चुस्ने काम गरिरहेको छ ।प्रहरी प्रशासनमा कुनै काम पर्यो जनता लाई उसले गाउँ घरका नेता लिएर जान्छ त्यहा गएर नेता भित्र जान्छ जनतालाई कार्यालय बाहिर राख्दिन्छ कर्मचारी सँग आफै मिलेर पैसा नलाग्ने काममा पैसा लिन्छ जनता लाई ठग्छ दलाल नेताकाे समाजबाट हामी सबै मिली त्यसको गतिविधिमा रोक लगाउनु पर्छ जिल्ला अध्यक्ष दासले बताए ।
राष्ट्रिय मधेश समाजवादी पार्टीको क्षेत्रीय अधिवेशन कार्यक्रममा अध्यक्ष विजय कुशवाहाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्षेत्रीय अधिवेशनबाट सर्वसहमतिबाट अध्यक्षमा लक्ष्मी थापा , उपाध्यक्ष शेख ओशी महम्द , गनिलाल राम , सचिव जितेन्द्र यादव , कोषाध्यक्ष बसन्ति चौधरी लगायत पन्ध्र सदस्यीय चयन गरिएको छ ।
क्षेत्रीय अधिवेशन कार्यक्रममा रा.म.स.पा केन्द्रीय सदस्य शेख जिकुरुल्ला , अरुण जयसवाल , विणा कु.कुशवाहा समाजवादी दलित संघ रा.अ. बिगु पासवान , जिल्ला सचिव सुरेन्द्र पटेल , जिल्ला युवा अध्यक्ष मन्सारुल हक , बिधार्थी एवं नगर अध्यक्ष भाइ ओमप्रकास साह , जिल्ला महिला अध्यक्ष सोनी विश्वकर्मा, पत्रकार संजय मिश्रा , राजकरण यादव , प्रकाश श्रेष्ठ , समाजसेवी , बुद्धिजीवी , शिक्षक , युवा , महिला लगायत हजारौं हजार नेता र कार्यकर्ताको सहभागिता रहेकाे थियो ।राना १

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१