नेकपा एमाले ठूलोपर्सेल गाउँ कमिटीको चौंथो अधिवेशन पर्यटन मन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यमा हुने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७३, बिहीबार १२:०८

रबिन अधिकारी ।
काभ्रे । तिमाललाई पर्यटन क्षेत्रका रूपमा चिनाउने मुल उद्देश्यका साथ नेकपा एमाले ठूलोपर्सेल गाउँ कमिटीको चौंथो अधिवेशन पर्यटन मन्त्री आनन्द पोखरेलको प्रमुख आतिथ्यमा हुने भएको छ ।

anada-Prasad-Pokhrel
यही असार २५ गते पञ्चकन्या उ.मा.वि. ठूलोपर्सेलमा हुने अधिवेशनमा नेकपा एमालेका युवा नेता एवं केन्द्रीय स्कुल विभाग सदस्य गोकुल बाँस्कोटा, केन्द्रीय सुरक्षा विभागका सचिव सोभियत ढकाल, एमाले काभ्रेका अध्यक्ष टोकबहादुर वाइबा, उपाध्यक्ष अशोक ब्याञ्जू, सचिव नारायण पाण्डे, उपसचिव इन्द्र लामा, १ नं. क्षेत्रीय इन्चार्ज राजन भुर्तेल, १ नं. क्षेत्रीय अध्यक्ष सङ्ग्रामजित लामा, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य एवं नेकपा एमाले काभ्रेका विद्यार्थी इन्चार्ज जेनिश लामा, पूर्व जिल्ला कमिटी सदस्य प्रदीप लामा लगायतको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

तिमाल क्षेत्र काभ्रेकै प्रसिद्ध पयर्टकीय क्षेत्र भएकाले तिमाललाई पर्यटन गन्तव्य बनाउन र विश्वमै चिनाउनका लागि यो अधिवेशन कोसेढुङ्गा सावित हुने युवा समाजसेवी तथा पर्यटन व्यवसायी सत्य लामाले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१