जर्मनीका कप्तान स्वाइन्सटाइगर चोटमुक्त, फ्रान्सविरुद्ध खेल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ असार २०७३, बिहीबार १०:२९

khelजर्मनीका कप्तान बाष्टियन स्वाइन्सटाइगर फ्रान्सविरुद्धको सेमिफाइनल खेलका लागि फिट भएको प्रशिक्षक जोकिम लोले बताएका छन्।

लोले भने,‘मसँग मेरो टिमको मूख्य खेलाडी छ त्यो हो स्वाइन्सटाइगर। ऊ सयप्रतिशत नै फिट भएको छ। त्यसैले फ्रान्सविरुद्धको सेमिफाइनल खेलमा उसले कप्तानको भूमिका निर्वाह गर्नेछ।’

‘स्वाइन्सटाइगरले कुनै पीडाविना अभ्यास गरेको छ। विहानको अभ्यासमा पनि राम्रोसँग गर्यो।त्यसैले उसले जर्मनीको कप्तानी सम्हाल्नेछ, लोले भनेका छन्।

इटालीविरुद्धको खेलमा कप्तान स्वाइन्सटाइगर घुँडाको चोटबाट ग्रसित भएका थिए। लोले कप्तान स्वाइन्टाइगर टोलीका लागि अनुभवी र महत्वपूर्ण खेलाडी भएकाले बताए।

‘मारियो गोमेज, सामी कडिरा र म्याट हुमेल्स तीन खेलाडी महत्वपूर्ण खेलाडी फ्रान्सविरुद्धको खेल खेल्न पाउँदैनन्, उनीहरु खेलमा नहुँदा सजिलो हुँदैन। त्यसैले कप्तान स्वाइन्सटाइगरजस्तो अनुभवी खेलाडी चाहिन्छ,’लोले भनेका छन्।

लेले दुवै टोलीसँग उत्तिकै राम्रा खेलाडी भएकाले कसैले मौका पाउन साथ गोल गर्ने र जित्ने सम्भावना भएको वताए। ‘हामी सबैभन्दा गाह्रो प्रतिद्वन्द्वी फ्रान्ससँग खेल्न गइरहेका छौं। त्यो पनि उसको घरेलु मैदानमा। हामी फाइनल पुग्न कुनै कसर बाँकी राख्दैनौं,’लोले भने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१