भाइबरमार्फत गालिगलोजपूर्ण सन्देश पठाउने एक युवक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७१, शुक्रबार ०८:५३

काठमाडौ ,२० असार । मन पराएकी केटीले बेवास्ता गरेपछि भाइबरमार्फत लागीगलोजपूर्ण सन्देश पठाउने एक युवक पक्राउ परेका छन् । viber-cover-650x320गोरखा घर भएका शिवप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरी विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही अघि बढाएको छ । न्युरोडको एक कपडापसलमा काम गर्ने पाण्डेले चिनजान नभएकी ढकाल थरकी युवतीलाई फोन गरी प्रेमप्रस्ताव राखेका थिए । साथीमार्फत युवतीको नम्बर पाई उनले फोन गरेका थिए । तर, युवतीले उनलाई बेवास्ता गरेपछि भाइबरमार्फत पटक-पटक अश्लील र गालीगलोजपूर्ण सन्देश पठाएका थिए । पटक-पटक भाइबरमा सन्देश पठाएपछि युवतीले प्रहरीमा उजुरी गरेकी थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाले गत १० असारमा पाण्डेलाई पक्राउ गरेको हो । -नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१