काठमाडौं हल्लाउने तिज गीत सार्वजनिक (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७३, बुधबार १४:३२
काठमाडौं   । नेपाली नारीहरुको महान चाड हरीतालिका तिज नजिकिँदै गर्दा काठमाडौंमा भने तिजको लहर सुरु भएको देखिन्छ । तिज आउन महिना बढी समय हुँदा देखिनै काठमाडौंका पार्क, मठमन्दिरका प्रांगणमा यतिखेर दिनहुँ तिजका गीत छायांकन कार्य भईरहेको छ । साथै केहि गीत सम्पादन भएर सार्वजनिक पनि भईसकेका छन् ।
यसैबिच तिज गीत तिम्रो रुपैले काठमाडौं हल्लायो सार्वजनिक गरीएको छ । गतबर्षको तिज गीत बबालै भोको सफलता पनि गायक किसन गाहा मगरले यसपाली पनि रमाइलो तिज गीत बजारमा ल्याएका हुन् । गायक किसन गाहा मगर र गायिका सुनतामी परियारको स्वरमा रहेको यस गीतमा किसन गाहामगरले नै लय शब्द भरेका छन् ।
परेली फिल्मस्द्धारा बजारमा आएको यसगीतको भिडियोमा निर्देशक मिलन कार्कीले निर्देशन गरेका छन् । भिडियोलाई सन्तोष ढकालले खिचेका हुन् । भिडियोमा नारायण, चन्दा र सायदको अभिनय रहेको छ ।
यसैबिच यतिखेर तिज गीतका भिडियोहरु सार्वजनिक भईरहेका छन् । तिज आउनुपुर्व महिना दिन अघिबाटै युट्युव, टेलिभिजन तथा रेडियोहरुमा तिज गीतहरु बज्ने गर्दछन् ।
video:

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१