दलित केटासँग आफ्नी छोरी भगाउन सघाएको भन्दै कुटपिट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ असार २०७३, बुधबार ०७:३२

काठमाडौं  २२ असार । जनकपुर उपमहानगरपालिका १८ भोइल गाउँमा गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि भगाउन सहयोग गरेको भन्दै एक किशोरीलाई निर्घात कुटपिट गरिएको छ ।

 

कुटपिटगैरदलित धानुक बहुसंख्यक र दलित खत्बे अल्पसंख्यक रुपमा बसोबास गर्दै आएको गाउँका रामअवतार मण्डलकी नातिनी कक्षा ७ मा पढ्ने छोटी मण्डल सोही गाउँका खत्बे जातिका केटोसँग विद्यालयबाटै सोमबार भागेपछि साथीमाथि निर्घात कुटपिट भएको हो ।

प्रेम सम्बन्धमा रहेको र परिवारले विवाहका लागि मञ्जुरी नदिने डरले उनीहरु भागेको स्थानीयले बताए । तर, साथी भगाउन सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत भनु मण्डल खत्बेकी छोरी १४ बर्षीया काजलले सहयोग गरेको भन्दै कुटपिट गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

काजललाई साथी भगाएको भन्दै घरबाट निकालेर सार्वजनिक दलानमा लगेर निर्घाट कुटपित गरिएको छ । गाउँकै धानुक समुदायका जितेन मण्डल, नितेश मण्डल र रामहृदय पण्डित र सन्तोष मण्डलले घरबाट तानेर अरविन्द मण्डलको दलानमा लगि लात्ति र मुक्काले निर्घात कुटपिट गरेको काजलकी आमा भगवती मण्डलले बताइन् ।

भगवतीले श्रीमान घर नभएकाले गाउँका युवाले आफ्नी छोरीमाथि कुटपिट गरेको गुनासो गरिन् । भगवतीका श्रीमान् वैदेशिक रोजगारका लागि कतार पुगेका छन् । गाउँका युवाले मध्यरातमा समेत आमा छोरीलाई मार्ने धम्की दिएपछि छिमेकीको घरमा लुकेर ज्यान बचाएको भगवतीले बताइन् ।

सोमबार राती छिमेकमा लुकेर बसेर मंगलबार विहान घर पुग्दा पुन युवाले कुटपिट गरेका छन् । युवाले काजलका दुवै हात उल्टो पारेर रस्सीले बाँधेर भागेकी साथीको जानकारी नदिए मार्ने धम्की दिएको भगवतीले बताइन् ।

बाँधेर भागेका केटाकेटीको विषयमा जानकारी नदिए बाँच्न नदिने धम्की दिएको पीडित किशोरीका कान्छो भाइ सन्तोष मण्डलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१