यस्तो छ मलेशियामा रहेका कामदारको स्तिथि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७१, शुक्रबार ०७:०३
प्रदिप राई । सामान्यतया डेढ बर्ष अघिबाट मलेशियामा कार्यरत कामदारहरुको सामान्य तलब Rm. ९००/- भएपछी मलेशिया एउटा आकर्षक गन्तब्य मुलुकको रुपमा परिणत हुन् पुग्यो। सोहि अनुरुप नेपाली मेनपावरहरुले मलेशिया आउनका लागि डेढ देखि २ लाख सम्म तिर्नु पर्ने गरायो,राम्रो कमाई हुन्छ भन्दै मेनपावर हरुले अनावश्यक भिसा शुल्क लिएको देखिन्छ। कस्तो छ मलेशियाको कमाई एक चोटि हेरौं। ९०० बेशीक, १२ घन्टा काम चल्ने कम्पनीको कमाइ- २६ दिनको ओटीको ५०७+ बेशीक ९०० जम्मा १४०७ हुन्छ। लेबी -१२५ कोठा,बत्ती, पानी ५०+ जम्मा १७५+.. बाँकी १४०७-१७५ बराबर १२३२ कम्पनीबाट तपाईंको हातमा आउँछ। अब तपाईंलाई महिना भर कति खाने र कति बचाउन सक्नु हुन्छ? सामान्य त महिनामा खर्च- खाना-३०० टेलिफोन, लगायत खर्च ५०राख्दा खर्च जम्मा ३५० ल अब जम्मा हिसाब १२३२-३५० बराबर ८८२ मलेशीयन रिङगेट बचाउन सक्नु होला। त्यही पनि खर्च कम गरेमा। तपाई नयाँ लाई ६महीना ९०० बेशीक नदिई ६३० मात्र बेसिक दिन्छन्। हाल धेरै जसो कम्पनीले ९०० बेसिक दिएर ८ घन्टा मात्र काम लगाउने गरेका छन्। यस्तो मा पर्नु भयो भने तपाईंलाई ९०० मा १७५ घटाएर ७२५ तपाईको हातमा पर्छ। खाना खर्च त्यसैबाट, अब सोच्नोस कति कमाइ हुन्छ मलेशियामा? तपाईं कामदार सप्लाइ (contact) कम्पनी मा पर्नु भयो भने नत काम को ठेगान हुन्छ नत कमाइको नै। मिठो सपना सजाएर प्रवासिएका नेपालीहरु अनि यस्तो अवस्थाबाट किन आजित हुदैनन्?अनि विकल्पको रुपमा अबैधानिक कामदारको रुपमा दरिन पुग्छन, उनीहरुको स्तिथि कतिको दयनीय छ कुरै नगरौ? जब बेशिक बढ्यो कामदारलाई कुनै राहत भएन।फाईदा त त्यहि मेंपावारहरुलाई भयो जो चर्को दाम लिएर मलेशियामा कामदार पठाई रहेका छन् । यसबारे कुनै पहल भएको देखिन्न।सम्बन्धित निकायको ध्यान पुगोस। पत्रकार बिक्रम अनन्त ले बताउनु हुन्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१