रुख कटहरका यी १० गुण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७३, मंगलवार १६:२४

लटरम्म रुख कटहरकाठमाडौं । रुख कटहरलाई नपाक्दै तरकारी तथा पाकेपछि फलफूलको रुपमा खाने गरिन्छ । विशेषगरी शाकाहारी मानिसले यसलाई मासुको विकल्प मानेर तरकारीको रुपमा प्रयोग गर्दछन् । फलफूल तथा तरकारी जसरी प्रयोग गरे पनि यसका फाइदा कैयौं हुन्छन् । त्यसैले यी १० फाइदा मध्य जानिराखौः

१.पाकेको रुख कटहरलाई पानीमा उमालेर चिसो बनाई खाने हो भने मुटुका रोगीलार्इृ यसले फाइदा पुर्याउँछ भने दिमागलाई पनि ताजा राख्दछ ।

२. रुख कटहरमा पाइने पोटासियमले उच्च रक्तचापलाई कम गर्दछ ।

३.यसमा भएको आइरनले एनेमिया रोग लाग्न दिदैन भने रक्त सञ्चारलाई पनि बढाउँछ ।

४. नसाका विरामीका लागि पनि कटहर लाभदायक मानिन्छ । यसको रसलाई पानीमा उमालेर चिसो बनाइ खाने हो भने नसाका विरामीलाई निकै फाइदा हुन्छ ।

५.यसमा भएको खनिज तथा कपरले थाइराइड हुन दिन्न ।

६. यसमा भएको म्याग्नेसियमले हाडलाई मजवुत बनाउँछ भने पछि हाड कमजोर हुने रोग ओस्टियोपोरोसिस रोग लाग्दैन ।

७.यसमा पाइने भिटामिन ‘सी’ र भिटामिन ‘बि६’ कारण  रोग प्रतिरोधी क्षमता वृद्धि हुन्छ । त्यस्तै यी तत्वले भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउँछन् ।

८.रुख कटहरमा अत्याधिकरुपमा फाइवर हुन्छ ।

९. रुख कटहर खाने हो भने पेटसम्बन्धी रोग जस्तै अल्सर तथा कब्जियत जस्ता पेटसम्बन्धी रोग पनि निको हुन्छन् ।

१०. कटहरमा पाइने भिटामिन ‘ए’ छाला तथा आँखा चम्किलो हुने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१