जो बनाउँछन् जिब्रो छेड्ने सियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७३, मंगलवार ०७:४१

काठमाडौं २१ असार । भक्तपुर बोडेका धर्म नकर्मीले सियो बनाउन थालेको वर्षौं भइसक्यो । धर्म मात्र होइन, उनका हजुरबुबा तुईलाल पनि सियो बनाउँथे भने उनका बुबा देखालालले पनि सियो बनाए ।

jujuvai-shrestha

अहिले उनी पनि पारिवारिक इतिहासलाई निरन्तरता दिँदै सियो बनाउँदै आएका छन् । धर्मले कपडा वा अरु केही सिलाउन व्यवसायिक रुपमा सियो उत्पादन गरेका भने होइनन् ।

उनले त बोडेमा वर्षेनी वैशाख २ गते हुने प्रसिद्व बिस्केट जात्राको दिन जिब्रो छेड्न सियो बनाएका हुन् ।

‘मलाई थाहा भएअनुसार हजुरबुबाले बनाउनुभयो । हजुरबुबा बितेपछि बुबाले र बुबापछि काकाले बनाउनुभयो । काका पनि बितेपछि जात्रामा जिब्रो छेड्ने सियो म बनाउँदै आएको छु,’ धर्मले भने । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१