इलाका प्रशाशन कार्यालयको उद्घघाटन डा.राम शरण महतबाट सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ असार २०७३, मंगलवार ०५:१७

nuwakot 4कर्ण बहादुर अधिकारी,नुवाकोट। नुवाकोट जिल्ला क्षेत्र नम्बर २ अन्तर्गतका १३ वटा दुर्गम गाउँ बिकास समितिका जनताको लागि सहज र सरल तवरबाट सरकारी सेवा प्रदान गर्ने उदेश्यले नुवाकोट जिल्ला सुन्दरा देवी गाउँ बिकास समितिको सात बिशेमा इलाका प्रशासन कार्यालय आजकै मितिबाट सन्चालन आएको छ।उक्त कार्यालयको उद्घघाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य,पूर्व अर्थ मन्त्री एवं नुवाकोट क्षेत्र नं २ का माननीय डा. राम शरण महत ज्यूको प्रमुख आतिथ्यमा भब्यताका साथ कार्यक्रम सम्पन्न भयो।कार्यक्रममा नुवाकोट जिल्लाका कांग्रेस सभापति जगदीश्वर नरसिंह केसी,नेपाली कांग्रेसका यूवा नेता रमेश कुमार महत,नेपाली कांग्रेस क्षेत्र नं २ का सचिव राम्जी पौडेल,जिल्ला कार्य समितिका पदाधिकारीहरू,नुवाकोट माओवादी केन्द्रका अध्यक्ष हिरानाथ खतिवडा, काँग्रेसका सचिव सुरेन्द्र अधिकारी, नेकपा (एमाले)का क्षेत्रीय अध्यक्ष गोकर्णराज पाठक, नेकपा (माले)का पल्लवराज पाठक, राप्रपा नेपालका रामशरण उप्रेती, स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, इलाका प्रशासन कार्यालयका कामु अधिकृत रामहरि गजुरेल साथै त्यस भेगका स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।उक्त इलाका प्रशासन कार्यालयमा काम सुरू भए पश्चात अब त्यस भेगका जनताले सरकारी कामका लागि ५/६ घण्टाको समय खर्चेर बिदुर सम्म पुग्नु पर्ने दिनको अन्त्य भएको छ।यस कार्यालयको स्थापना भए पश्चात त्यस भेगका स्थानीयहरूले स्थापना गर्नका लागि महत्व पूर्ण र नेतृत्व दायी भुमिका निवारण गर्नु हुने डा. महतको जय जयकार मनाएका छन्। कार्यक्रममा डा. महतले आफ्नो मन्तब्य राख्ने क्रममा सधै भरी जनताको सुख दु:खमा साथ दिदै आई रहेको र आउँदा दिनहरूमा पनि साथ दिई बिकास निर्माण कार्यलाई पहिलो प्राथमिकता राखेर जनताका हितका लागि काम गर्ने कुरा प्रष्ट पार्नु भयो।२०७२ साल बैशाख १२ गतेको भुकम्पमा परी मृत्यू भएका र घरबार बिहिन भएका जनताका राहतका लागि बिदेशी दातृ राष्ट्रहरूको सम्मेलन गरी ६० दिन भित्र साढे ४ खरब रूपैया संकलन गर्न सफल भएको तर अहिलेको केपी ओली सरकारले भुकम्प गएको यति लामो समय सम्म पनि जनताका लागि राहत रकम बितरण गर्न नसकेकोमा डा. महतले आक्रोस ब्यक्त गर्नु भयो।भुकम्प गएको समयमा आफु अर्थ मन्त्री भएर नै यत्रो रकम संकलन गर्न सफल भएको तर मेरो बिकल्पमा अरू कोही भएको भए पनि सम्भब नभएको र आफ्नै पार्टीका नेतृत्व पंक्ति र कार्यकर्ताहरूले नै शाख गिराउन खोजेको र राम्रो काम गर्दा प्रचार प्रसारमा कमी ल्याएकै कारणले ओझेलमा पार्न खोजिएको र आफ्नो कार्यकालमा पनि बजेट उत्कृष्ट नभएका होईनन् तर त्यस समयमा माओबादी द्वन्दका कारण र देश संक्रमण कालीन अबस्थामा गुज्रिएको हुनाले चर्चा त्यति नपाएको हो भन्नु भयो। कार्यक्रममा कांग्रेस जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, माओवादी केन्द्रका अध्यक्ष हिरानाथ खतिवडा, काँग्रेसका सचिव सुरेन्द्र अधिकारी, नेकपा (एमाले)का क्षेत्रीय अध्यक्ष गोकर्णराज पाठक, नेकपा (माले)का पल्लवराज पाठक, राप्रपा नेपालका रामशरण उप्रेती, स्थानीय विकास अधिकारी केशरबहादुर पण्डित, इलाका प्रशासन कार्यालयका कामु अधिकृत रामहरि गजुरेल लगायतले मन्तव्य राख्नुभएको थियो।उक्त कार्यालयबाट क्षेत्र नं २ का घ्याङ्फेदी, राउतबेँसी, गाउँखर्क, शिखरबेसी, बेतिनी, समुद्रटार, बालकुमारी, थप्रेक, पञ्चकन्या, खरानीटार, सुन्दरादेवी, रालुकादेवी र उर्लेनी गाविसका नागरिकलाई सेवा प्रवाह गरिने छ ।nuwakot 1 nuwakot 2 nuwakot 3 nuwakot

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१