स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७३, सोमबार २०:३६

kabitaआदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसर पारेर विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले स्रष्टा सम्मान तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
असार १५ का दिन धान दिवसको अवसरमा सूचना विभागको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नाट्य तथा संगीत प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ ‘सरु भक्त’ ले स्रष्टाहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुने स्रष्टाहरुमा देवकोटाकालीन सहित्यकार तथा उत्तरी ध्रुव प्रदेशका प्रथम नेपाली यात्री वासुदेव ढकाल, वरिष्ठ साहित्यकार तथा प्राध्यापक गार्गी शर्मा, गीतकार, साहित्यकार तथा प्राज्ञ उन्नति बोहोरा शिला, वरिष्ठ समालोचक, निबन्धकार तथा साहित्यकार प्रा।डा।पारसमणि भण्डारी, वरिष्ठ कवि तथा सहित्यकार महेन्द्र गुरुङ मोफसलका साहित्यिक पत्रकार तथा साहित्यकार आरसी रिजाल, डायस्पोराका नेपाली साहित्यकार तथा कवि सुरेशजंग शाह रहेका थिए ।
ऋष्अिप जभचभ ायच भहअष्तष्लन यााभचब्मक
संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईंले कार्यक्रमको अध्यक्षता गर्दै संस्था स्थापनाका उद्देश्य र कार्यक्रमको औचित्यतामाथि प्रकाश पार्दै सम्पूर्ण अतिथि तथा साहित्यप्रेमी सहभागीहरुलाई स्वागत गरेका थिए ।
प्रसाईंले मन्तव्यका क्रममा आफूले जर्मन तथा बेलायतमा लामो समयसम्म बसेर नेपाली साहित्य र भाषाको विकासमा गरेका कार्य र अनुभवको स्मरण गर्दै आफ्नो संस्थाले नेपाल मात्र नभएर विश्वभर छरिएर रहेका स्रष्टाहरुको खोजी गर्ने, भाषा, साहित्यको श्रीवृद्धि, प्रवासमा रहेका नयाँ पुस्तामा नेपाली भाषाको हस्तान्तरण कार्यलाई नयाँ ढंगले अगाडि बढाउने उद्देश्य लिएको बताए ।
संस्थाले स्रष्टाहरुको सम्मान गर्नुका साथै पुरस्कारहरु स्थापना गर्ने, भानुभक्त, लक्ष्मीप्रसाद देवकोटालगायत नेपाली भाषा साहित्यका धरोहर, विराट व्यक्तित्वहरुको जन्मजयन्ती मनाउने, साहित्यिक गोष्ठीहरुको आयोजना गर्ने, नेपाल र डायस्पोरामा बसेर साहित्य साधना गर्नेहरुका बीच साहित्यिक सेतुको काम गर्ने लगायत लक्ष्य लिएको बताउँदै उनले सबैको साथ सहयोग र सहकार्यको अपेक्षा समेत गरेका छन् ।
अतिथि कवि प्रल्हाद पोखरेलको आकर्षक ढंगको कविता वाचनबाट सुरु भएको कविहरुको प्रस्तुतिमा ८६ वर्षीय हजुरआमा पम्फा सिटौलाको संगिनीको रागले सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
थुप्रै वरिष्ठ कवि कवयित्रीदेखि बाल प्रतिभा अक्षता अधिकारीसम्मका विभिन्न ढंगका रोचक, घोचक र मार्मिक प्रस्तुतिले सभामा नयाँ रौनक थपेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुलपति सरुभक्त, डा। पारसमणि भण्डारी, प्राज्ञ उन्नति बोहोरा लगायतले भानुजयन्ती र भानुभक्तका रचनाको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रम संयोजक वरिष्ठ साहित्यकार लक्ष्मी उप्रेतीले सम्मानित स्रष्टाहरुको संक्षिप्त परिचय प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१