प्रकाशराजले फहराएर बेडेन पावेल स्काउट पिकमा झण्डा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७३, सोमबार १६:४४

काठमाडौं, २० असार । नेपाल स्काउटका स्काउटर प्रकाशराज पाण्डेले बेडेन पावेल स्काउट पिकमा नेपाल स्काउटको झण्डा फहराएका छन् । रसुवाको लाङटाङ्ग हिमालस्थित ५८९० मिटर उचाईमा रहेको उक्त बेडेन पावेल स्काउट पिकमा पाण्डेले यही असार १२ गते साँझ ७ बजे सफल आरोहण सहित स्काउटको झण्डा फहराएका हुन् ।

prakash raj pande

सो बेडेन पावेल स्काउट पिक सफल आरोहण गर्ने पाण्डे नेपाल स्काउटको दोश्रो व्यक्ति रहेको छन् भने छोटो अवधिमा आरोहण गर्ने पहिलो स्काउटर हुन् । नेपाल पर्यटन बोर्डले पाण्डेलाई उक्त हिमालको सफल आरोहण गरेको प्रमाण पत्र समेत दिएको छ ।

नेपाल स्काउटको बार्षिक समारोहको अवसरमा यही असार ५ गते आयोजित विषेश समारोहमा स्काउटका प्रमुख आयुक्त रविन दाहालले प्रकाशराज पाण्डेलाई नेपाल स्काउटको झण्डा हस्तान्तरण गरेका थिए ।prakash raj pande 3

विश्व स्काउटको एक सय वर्ष पूरा भएको उपलक्षमा नेपाल स्काउटको विशेष पहलमा नेपाल सरकारले रसुवा स्थित उर्केमा हिमाललाई विश्व स्काउटका प्रवद्र्धक लर्ड बेडेन पावेलको नाममा उक्त हिमाललाई बेडेन पावेल स्काउट पिक नामाकरण गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१