भतिजी बलात्कार गर्ने माओवादी नेता पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७३, सोमबार ०८:०१

काठमाडौं  २० असार। नेकपा माओवादी केन्द्रका एक जिल्लास्तरीय नेता भतिजी बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

rape

काभ्रे धुसेनी शिवालय गाविसका माओवादी नेता मोतीलाल गौतम आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

केही दिनअघि भतिजी बलात्कार गरेर राजधानी छिरेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

गौतमको मुद्दालाई बाहीर नल्याउन पीडितका परिवारलाई माओवादी केन्द्रका नेताहरुले दबाब दिएका आजको समाचारपत्र दैनिकले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१