इराकमा आईएसले गराएको भयानक विष्फोटमा परी ७९ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार १५:४६

काठमाडौं । इराकको राजधानी बगदादमा यो बर्षकै सबैभन्दा भयानक विष्फोट गराइएको छ । विष्फोटमा परि ७९ जनाको मृत्यु भएको छ भने १३० भन्दा बढी घाइते भएका छन् । मारिनेका अधिकांश वालवालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बग्दाद

बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा भएको आक्रमण युवा र परिवारका अन्य सदस्यहरु रमदानको ब्रत सकेर सडकमा निस्केको समयमा भएको हो ।

एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो ।

समाचार एजेन्सी एएफपीका अनुसार उक्त विष्फोटको जिम्मा आइएसआइएस लडाकू समूहले लिएको छ । एक अनलाइन बक्तव्य जार गिर्दै इस्लामिक स्टेटले व्यस्त बजारको बीचमा गराइएको बिष्फोटको जिम्मा लिएको हो ।

बम आक्रमणपछि घटनास्थलमा लाशको चाङ लागेको छ भने सपिङ सेन्टर पनि छियाछिया भएको छ । केही सञ्चार माध्ययमले भने विष्फोटमा परी ८३ बढीको मृत्यु भएको उल्लेख गरेका छन् ।

आजै बगदादको पूर्वी क्षेत्रमा भएको अर्को बम विस्फोटनमा परेर १६ जना मानिस मारिएका छन् । बगदादबाट ४० माइल पश्चिमको फल्लुजाह सहरलाई इराकी फौजले आफ्नो कब्जामा लिएपछि यो आक्रमण भएको हो ।

अधिकारीहरुका अनुसार कर्रदा इलाकामा भएको बिष्फोटमा परेका धेरै मानिसहरु रमदान चाडका लागि किनमेल गर्न जम्मा भएकाहरु थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख ३१, २०८१