त्रिशूली नदीमा खसेर एक मजदुर बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ असार २०७३, आईतवार १२:०८

त्रिसुलीमुग्लिन ।  नारायणगढ सडकखण्डको चन्डिभञ्याङ–९ स्थित त्रिशूली नदीमा खसेर एक मजदुर बेपत्ता भएका छन् । घटनास्थलमा कुर्न बसेका अन्य दुई जनासमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

चन्डिभञ्याङ–९ स्थित सडकबाट मुग्लिनतर्फ साथीहरुसँग जाने क्रममा बाटोबाट लडेर त्रिशूलीमा खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

आयोजनाको साहुसँग पैसा माग्दा नदिएपछि उनीसहित छ जना साथी हिँडेर मुग्लिनतर्फ जाने क्रममा सो घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छ जनामध्ये एक जना बेपत्ता भएपछि दुई जना घटनास्थलमा बसेर तीन जना प्रहरीलाई खबर गर्न गएका थिए ।

तीन जनाले इलाका प्रहरी कार्यालय मुग्लिनलाई खबर गरी प्रहरीसहित खोजीका लागि आउँदा कुर्न बसेका दुई जनासमेत सम्पर्कविहीन भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१