तुच्छ र अपमान गरेपछि पैसा असुल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० असार २०७१, शुक्रबार ०५:२०

प्रदिप राई /  क्वालालम्पुर ।  आफुलाई बिनाकारण सोझोपनको नाजायज फाईदा उठाई अर्कैसँग विवाह गरेर गएपछि प्रेमीकाबाट प्रेमीले पैसा असुल गरेको छ । विभिन्न झुठा आरोप लगाएर विदेशमा भएको बेला अर्कैसँग विवाह गरेर बर्बाद पारेकाले प्रेमीका बिरुद्द त्यस्तो कदम चलाई रकम असुल गरीएको प्रेमीले बताउनुभयो ।Malaysia Skyline २०७० असार ३१ गते सँगैमर्ने बाँच्ने कसम खाएर बैदेशिक रोजगारीको शिलसिलामा मलेसिया गएका प्रेमीलाई बिना कारण तुच्छ र अपमान गरी अर्कैसँग विवाह गरेर गएपछि बास्पानी ८ गैरीगाउँका रोमीका राईबाट ५६ हजार २ सय ५० रुपैया पैसा असुल गरिएको हो । जेठ २५ गते बाम्राङ्ग विवाह गरेका राईलाई प्रहरीमा उजुरी दिएपछि असार १५ गते पैसा फिर्ता गराईएको हो । नुनथला ८ का चिसाङ्ग शेर्पासँग विगत ३ वर्षयता रोमीकाको प्रेमसम्बन्ध रहेको थियो । क्रिष्टयन धर्मवलम्बीहरुको मण्डलीमा भजन पढ्नेसँग ३ महिना नभई रहस्यमयरुपमा विवाह भएपछि प्रहरीले समेत अनुसन्धान थालिएको प्रेमीले जानकारी दिनुभयो ।

प्रतिक्रिया