नुवाकोटमा इलाका प्रशाशन कार्यालयको उद्घघाटन डा.महतले गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७३, शनिबार १८:४८

mahatनुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत १८ वटा गाउँ बिकास समितिका जनताको लागि सहज रूपमा सरकारी सेवा प्रदान गर्ने उदेश्यले अघिल्लो सरकारले नुवाकोट जिल्ला सुन्दरा देवी गाउँ बिकास समितिको सात बिसेमा इलाका प्रशासन कार्यालय सन्चालन गर्ने निर्णय गरेको थियो।ढिलै भए पनि सो निर्णय कार्यान्वयन हुन लागेकोमा यस क्षेत्रको जनता खुशी छन।उक्त इलाका प्रशासन कार्यालय खोल्न महत्व पूर्ण र नेतृत्व दायी भुमिका निवारण गर्नु हुने यस क्षेत्रका नेपाली कांग्रेसका माननीय सांसद एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत प्रति आभारी छन।अब देखि १८ गाबिसका जनताले नागरीकता बनाउने देखि अन्य सरकारी कामको लागि सदरमुकाम बिदुर जानु पर्ने छैन। यहि मिति २०७३ साल असार २० गते उक्त इलाका प्रशासन कार्यालयको उद्घघाटन माननीय सांसद एवं पुर्ब अर्थ मन्त्री डा. रामशरण महत ज्युबाट हुने भएकोले त्यस भेगका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरूलाई उपस्थितिको लागि नेपाली कांग्रेस नुवाकोटले हार्दिक अनुरोध गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१