अर्काकी श्रीमती विवाह गर्दा ३३ वर्षपछि कैद !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ असार २०७३, शनिबार ०७:५१

काठमाडौं १८ असार । ३३ वर्षअघि भएको ‘जारी’ मुद्दामा सप्तरीका एक दम्पतीले वृद्ध उमेरमा कैद सजाय भोग्दैछन् ।

samaj

जिल्ला अदालतको २०४१ असार ३२ को फैसला बमोजिम हालै पक्राउ परेका घोघनपुर-२ का एक दम्पती कैद सजाय काट्न राजविराज कारागारमा थुनिएको अदालतले जनाएको छ ।

जिल्ला अदालतबाट खटिएको कर्मचारीको टोलीले घोघनपुर २ का ६७ वर्षीय रोजित मियालाई गत सोमबार र उनकी श्रीमती ६४ वर्षीया हरिहरबती बाँतरनीलाई बिहीबार पक्राउ गरेको हो । उनीहरु दुवैजनामाथि अदालतले ३२ वर्षअघि जनही एक हजार जरिवाना र एक महिना कैद सजायको फैसला गरेको थियो ।

पश्चिमी कोसी नहरमा मिस्त्री काम गर्ने मियाँले जनमजदुरी गर्ने बाँतरनीलाइ ०४० साउन १ गते श्रीमती बनाइ भगाएका थिए । घटनाबपछि बाँतरनीका पहिलो श्रीमान श्यामसुन्दरका तर्फबाट वारसे भइ उनका बुबा खप्सु सरदारले सम्पत्तिसहित अर्काकी श्रीमती भगाउने र भाग्नेलाई कारबाहीको माग गर्दै २०४० साउन २ गते जिल्ला अदालतमा जारी मुद्दा दर्ता गराएका थिए ।

प्रहरीले फैसला भएको ३२ वर्षपछि उनीहरुलाई घरबाटै पक्राउ गरी कारागारमा थुनामा पठाएका हुन् । उनीहरुले जरिवानास्वरुप एकहजार तिरेका छन् भने एकरएक महिना कैद भुक्तान गर्न कारागारमा थुनिएका छन् ।

श्रीमती लैजाने जारलाई कारवाह गर्न र अर्कोसँग विवाह गरेर गएकी पत्नीले लगेको धनमाल फिर्ता पाउँ भनी माग गरेर अदालतमा पहिलो जारी मुद्दा दर्ता गर्न पाइन्थ्यो । तर नेपाल एन संशोधन गर्न बनेको एनले जारी महल खारेज गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१