बावु विदेशमा आमा ३ लाख पैसा सहित प्रेमीसँग फरार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७३, शुक्रबार १३:२८

अभिमनु पटेल

रौतहट १७ असार । परिवार चलाउन र छाेराछोरीलाई राम्रो शिक्षा दिनका लागि घरपरिवार समाजको  माया मुटुमा  गाँठो पारेर  खाडीमुलुकमा केही कमाउन गएका मनाेज पासवानकी  श्रीमतीले श्रीमानकाे सबै कमाई प्रेमीलाई दिएर फरार भएकी छन्  ।

shreemati farar

विदेशमा  पसीना बगाएर श्रीमती र ३ जना  छोराछोरीको लागि भन्दै श्रम गर्न परदेश पुगेका   चन्द्रपुर नगरपालिका ११ नया बस्तीका ३० वर्षीय मनाेज पासवानकी श्रीमती धर्मशिला देवी पासवान प्रेम जालमा परि फरार भएकी हुन्  ।

श्रीमान विदेशिएको  केही दिनमै  धर्मशिलाले प्रेममा परि सन्तान र श्रीमानलाई घात  गरेकी  छिन  ।

मनाेज पासवान सुकुम्बासी हुन, उनले   विदेश जाने वेलामा गाउबाट ऋण लिएको खुलेको  छ । विदेशबाट कमाएकाे पैसा श्रीमती धर्मशिलाकाे नाममा राष्ट्रिय वाणिज्य बैंकमा चल्ती  खाता नं  ००१००१३९७००९ मा मनाेजले ३ लाख २९ हजार पठाएको रकम मध्य श्रीमतीले ३ लाख लिएर सर्लाही गा.वि.स सरोबर मनटोलवा  बस्ने  रामदरेश पासवान सँग दुई छोरा मध्य एक लाई सँगै लिएर फरार भएको खुलेको छ । ५ वर्षको छाेरा र ३ वर्षको छोरी लाई घरमा छोडेर उनले १५ महिनाकाे सानो छाेरा लिएर भारत तिर पसेको  हुन्  सक्ने  परिवार  तथा  आफन्तले  शंका  रहेको  बताएका  छन्  ।

ठूलो छोरा नितेशले भने ” बुवा विदेशमा जानुभो,आमाले  छोडेर  जानु  भयो अब   बहिनी र म एक्लै  कसरि  बस्ने  ।”

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१