गुण्डा नाइके दीपक मनाङे पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ असार २०७३, शुक्रबार ०७:००

काठमाडौं १७ असार । गुण्डा नाइके दीपक मनाङेसहित उनको समुहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुण्डागर्दीको उजुरीको आधारमा मनाङेको समुहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंहले जानकारी दिए ।

dipak manage
सम्पत्ती सुद्धीकरण मुद्दा खेपिरहेका मनाङेले केहि दिनअघि विशेष अदालत पुगेर कर्मचारीलाई थर्काएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहिबार राती उनीहरुलाई पक्राउ गरेको हो ।

उपत्यकामा सक्रिय अन्य गुण्डा नाइकेहरुलाई पनि निगरानीमा राखिएको एसएसपी थापाले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१