यस्तो छ भूकम्प पीडितलाई पहिलो किस्ता डेढ लाख दिन भएको सहमति

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७३, बिहीबार ०८:४७

काठमाडौं १६ असार । सरकार र प्रमुख प्रतिपक्षीबीच भूकम्प पीडितलाई दुई किस्तामा अनुदान रकम उपलब्ध गराउने सहमति भएको छ । आर्थिक वर्ष ०७३–७४ को बजेट पारित भएपछि आवास निर्माण गर्न पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा थप ५० हजार रूपैयाँ उपलब्ध गराउने तथा मापदण्ड पूरा गरि घर निर्माण गरिसकेकालाई भने एकमुष्ट २ लाख रूपैया दिने सहमति छ ।

bhukamppiditlai pahilo kista
पहिले नै ५० हजार रूपैया अनुदान लिएकाले थप १ लाख पाउने तर पहिले नलिएकालाई एकमुष्ट डेढ लाख रूपैया दिने सहमति छ । यसका लागि घर निर्माणको प्रारूप पेश गर्नुपर्ने छ । दोस्रो किस्ताको बाँकी ५० हजार भने घर निर्माणको सवै काम सकिएपछि निरिक्षण गरेर उपलब्ध गराउने सहमति छ ।
झुटा विवरण पेश गरेर अुनदान रकम लिन खोज्नेलाई कानुनी दायरामा ल्याउन आवश्यउक मापदण्ड पनि बनाउने सहमति सरकार र प्रतिपक्षी दलबीच भएको छ ।
भूकम्पपीडितको नाम छुटेको भए नामावली संकलन गर्ने, निश्पक्ष र पारदर्शी ढंगवाट पूनर्निर्माण अभियान साझा संकल्पका साथ अघि वढाउने सहमति पनि भएको छ, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१