बाढीपहिरो बारे अब मोबाइल म्यासेज पठाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७३, बिहीबार ०८:३५

काठमाडौँ १६ असार  । जल तथा मौसम विज्ञान विभागले अबदेखि नदीमा आउने सम्भावित बाढी र पहिरोको सूचना मोबाइलमै पठाउने भएको छ।

messageपूर्वको कन्काईदेखि पश्चिमको महाकालीसम्मका नदीमा बाढी आउनुअघि विभागले नेपाल टेलिकम र एनसेल मोबाइल प्रयोगकर्तालाई सन्देश पठाउन लागेको हो।
विभागका महानिर्देशक डा.ऋषिराम शर्माले यो मनसुनमा अत्याधिक वर्षा हुन सक्ने र धेरै स्थानमा बाढीको खतरा भएकाले सम्भावित क्षति न्यून गर्न मोबाइल सन्देश सुरु गर्न लागिएको बताए।
बाढीबाट हुने सम्भावित दुर्घटनाबाट बच्न र क्षति न्यून गर्न मोबाइल सन्देश प्रभावकारी हुने विभागको अपेक्षा छ। मोबाइल सन्देश सेवाको औपचारिक सुरुवात असार २० गतेबाट गरिनेछ।
यो सेवा २४ सै घण्टा हुनेछ। त्यसका लागि नेपाल टेलिकम र एनसेलसँग सम्झौता भइसकेको शर्माले बताए, कान्तिपुर दैनिकमा खबर छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज १६, २०८१