बैंककको नेपाली दूतावास अब आफ्नै भवनमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७३, बुधबार १८:१९

thailandथाइल्याण्ड । थाइल्याण्डको बैंककमा रहेको नेपाली दूतावास अब आफ्नै भवनमा सर्ने भएको छ। बैंककको सुकुम्भित रोड– ७१ मा अवस्थित चार रोपनी जग्गा र सो जग्गामा बनेका तीनवटा घर किनेपछि दूतावास आफ्नै भवनमा बस्न लागेको हो। बैंककस्थित नेपाली दूतावासले उक्त जग्गा र घरको मूल्य १५ करोड भाट अर्थात करिब ४५ करोड रुपैयाँ परेको विज्ञप्ति मार्फत जनाएको छ।
बैंककमा नेपाली दूतावास स्थापना भएदेखिनै कार्यालय र कर्मचारीहरु भाडाको घरमा बस्दै आएका थिए। नयाँ ठाउँमा राजदूतावास कार्यालय, भिसा कार्यालय र कर्मचारीको निवास बनाउने तयारी भइरहेको दूतावासले जनाएको छ। तीन वटा घरमा रंगरोगन गरी छिटै नै दूतावास आफ्नै भवनमा सर्ने दूतावासको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख ३०, २०८१