आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि गागालाई चीनमा प्रतिबन्ध ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ असार २०७३, बुधबार १७:३२

गागालाई चीनमा प्रतिबन्धएजेन्सी । चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले पप गायिका लेडी गागालाई चीनमा प्रतिबन्ध लगाएको अनुमान अहिले हलिउडमा भाइरल भएको छ । गागाले तीब्बती आध्यात्मिक गुरु दलाई लामासँग भेटेपछि सो प्रतिबन्ध लागेको अनुमान गरिएको छ ।
बेलायती पत्रिका द गार्जियनका अनुसार २६ जुनमा गागाले दलाई लामालाई भेटेकी थिइन् । १९ मिनेट लामो भेटघाटको भिडियो गागाले फेसबुकमा समेत राखेकी छन् । अहिले त्यो भिडियो भाइरल भएको छ। नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१